९ पुस २०८२, बुधबार | December 25, 2025

सरकारी सम्पति संरक्षण गर्ने जिम्मेवारी हाम्रै हो : रवि लामिछाने



कठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले सरकारी सम्पत्तिको क्षति राष्ट्रकै क्षति भएकाले संरक्षण गर्ने जिम्मेवारी पनि हाम्रै भएको बताएका छन । उनले आज एक प्रेस अपिल जारी गर्दै हामी अब अत्यन्त संयमित भइ राष्ट्रका सम्पत्ति जोगाउन जरुरी रहेको स्पष्ट पारे ।

पूर्वउपप्रधानमन्त्री लामिछानेले अपीलमा भनेका छन, “राष्ट्रिय सुरक्षासँग सरोकार राख्ने प्रहरी, सुरक्षा निकाय, न्यायलयलगायत दस्तावेजहरू राष्ट्रका महत्त्वपूर्ण सम्पत्ति हुन्, तिनको संरक्षण गर्न सकिएन भने मुलुकको संवेदनशील दस्तावेजहरू नास हुनसक्छन् । जुन तपाईं हाम्रा लागि र यो देशका लागि अत्यन्त क्षतिपूर्ण हुन सक्छन् ।”

उनले अहिले भएको आन्दोलन विसुद्ध जेनजीको भएकाले मुलुकको अबको नेतृत्व जेनजीकै मागअनुसार र जेनजीकै परिकल्पना अनुरूप अघि बड्नुपर्छ भन्नेमा आफू स्पष्ट रहेको बताएका छन ।

आन्दोलनमा ज्यान गुमाउने सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै अध्यक्ष लामिछानेले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेका छन ।

प्रकाशित मिति : २४ भदौ २०८२, मंगलबार  ९ : १२ बजे

संचारमाध्यमले सत्य तथ्य समाचार संप्रेषण गर्नुपर्ने उपप्रमुख अर्यालको भनाई

बुटवल । महिला समानताका लागी संचार अभियानद्धारा संचालित सामुदायिक रेडियो

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

बुटवल उपमहानगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सम्पन्न, सात प्रस्ताव सर्वसम्मत पारित

बुटवल । बुटवल उपमहानगरपालिका नगरसभाको १८ औँ अधिवेशन बुधबार सम्पन्न

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव-बाघ द्वन्द्व

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना