४ पुस २०८२, शुक्रबार | December 20, 2025

काठमाडौं उपत्यकामा झन धेरै संक्रमित थपिए, मंगलबार ६७६ जनामा संक्रमण पुष्टि



काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना भाइरसका संक्रमित मंगलबार झन धेरै थपिएका छन् ।

मंगलबार ६७६ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

उपत्यकामा थपिएका संक्रमित मध्ये सबैभन्दा धेरै काठमाडौं जिल्लामै रहेका छन् । काठमाडौंमा मात्रै ५५५ जना संक्रमित थपिएका छन् ।

त्यसमा पनि काठमाडौं महानगरपालिकामा सबैभन्दा धेरै संक्रमित थपिएका छन् ।

यसैगरी भक्तपुरमा ८६ र ललितपुरमा ३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौं उपत्यकामा संक्रमितहरु झन बढ्दै गएका कारण वृद्धवृद्धा र बालबालिकालाई विशेष हेरचाह गर्न आग्रह गरेका छन् । विशेषगरी मुटु, मधुमेह र फोक्सोका बिरामीलाई विशेष ख्याल गर्न अनुरोध गरेका हुन् ।

प्रकाशित मिति : ३० भदौ २०७७, मंगलबार  ४ : ३६ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको