काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी गंगा दाहालको घरमा एक पुरुषको शव फेला परेको छ ।
बुधबार (भदौ २५) दिउँसो ललितपुरको ढोलाहिटीस्थित दाहालको घरभित्र शव भेटिएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ । शवको पहिचान अहिलेसम्म खुलेको छैन ।
प्रहरीका अनुसार ‘जेनजी’ पुस्ताको प्रदर्शनका क्रममा मंगलबार (भदौ २४) उक्त घरमा आगजनी गरिएको थियो । प्रारम्भिक अनुसन्धानमा शव आगजनी गर्ने व्यक्तिमध्ये एकजनाको हुन सक्ने आशंका गरिएको ललितपुर प्रहरी प्रमुख एसपी चक्रराज जोशीले जानकारी दिए ।



















प्रतिक्रिया