११ भदौ २०८३, बिहिबार | August 27, 2026

नेपालमा शीघ्र शान्ति सुव्यवस्था कायम हुनेमा चीन आशावादी



काठमाडौँ । चीनले नेपालमा चाँडोभन्दा चाँडो शान्ति सुव्यवस्था कायम हुनेमा आफू आशावादी रहेको बताएको छ ।

नेपालको पछिल्लो अवस्थाबारे त्यहाँको परराष्ट्र मन्त्रालयमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा चीनको विदेश मन्त्रालयका प्रवक्ता लीन चियानले भने, चीन र नेपाल परम्परागत मित्र हुन्, नेपालका सबै क्षेत्रले आन्तरिक विषयलाई उचित ढङ्गले सम्बोधन गर्नेछन् ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिनलाई उद्धृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले भनेको छ, ‘चीनले नेपालका सबै पक्षहरूले आफ्ना आन्तरिक समस्याहरू उचित ढंगले समाधान गरी छिट्टै सामाजिक व्यवस्था र स्थिरता पुर्नस्थापना गर्ने आशा व्यक्त गरेको छ।’

त्यस्तै चीन र नेपाल परम्परागत रूपमा मैत्रीपूर्ण छिमेकी भएको उल्लेख गर्दै नेपालमा रहेका चिनियाँ नागरिकहरूलाई सुरक्षाप्रति सचेत रहन सुझाव पनि लिनले दिएको सिन्ह्वाले बताएको छ।

प्रकाशित मिति : २५ भदौ २०८२, बुधबार  ९ : १२ बजे

भोटेकोशी बाढी : हालसम्म १६२ जनाको शव फेला

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा खोज तथा

बडीमालिका मुख्य पूजासहित मेला

बाजुरा । धार्मिक तथा पर्यटकीय क्षेत्र बाजुरास्थित बडीमालिका भगवती मन्दिरमा

बाढीले भोटेकोशी र त्रिशूली नदी करिडोरका जलविद्युत आयोजना क्षतिग्रस्त

त्रिशूली । भोटेकोशी नदीमा आएको बाढीले नुवाकोट र रसुवा स्थित

भीषण बाढीबाट भएको क्षतिप्रति महासचिव गुटेरेसद्वारा दुःख व्यक्त

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपाल र चीनमा

टप एण्ड टी–२० सिरिजः आज हैदराबादसँग खेल्दै नेपाल ‘ए’

काठमाडौं । अष्ट्रेलियमा भइरहेको टप एण्ड टी-२० सिरिजमा नेपाल ‘ए’