३० बैशाख २०८३, बुधबार | May 13, 2026

आज राती १० बजेबाट सिङ्गो बाँके जिल्ला निषेधित क्षेत्र घोषणा



नेपालगन्ज । बाँके जिल्ला प्रशासनले आज राती १० बजेबाट अनिश्चितकालका लागि जिल्लै भरि लागु हुने गरि निषेधाज्ञा जारी गरेको छ । गते २४ गते जारी आदेशको समिक्षा गर्दै प्रशासनले अर्को आदेश नहुँदा सम्मका लागि आज रातीबाट निषेधाज्ञाको आदेश जारी गरेको हो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले जारी गरेको आदेशमा गत भाद्र २४ गते जारी निषेधाज्ञा सम्बन्धी सुचनाको कार्यान्वयन अवस्था, जिल्लाको वर्तमान शान्ति सुरक्षाको अवस्था समेतलाई दृष्टिगत गर्दा जिल्लाका विभिन्न सार्वजनिक, सरकारी एवम् नीजि संरचना र सम्पत्तिको सुरक्षा गर्नुपर्ने, टेलिकम, विद्युत, वडा कार्यालय, प्रहरी चौकी सगायतका सार्वजनिक निकायहरुमा तोडफोड, आगजनी, हुलदंगा गर्ने उदेश्य एवम् मनशाय राखी भेला जम्मा हुने, चोरी, डकैती लगायतका आपराधिक क्रियाकलाप गर्ने मनसायले संगठित हुने कार्य निरुत्साहित र नियन्त्रण गरि शान्ति सु-व्यवस्था थप विश्वसनिय र सुदृढ तुल्याउन आपराधिक मनोवृत्तिका व्यक्तिहरु भेलाभई आपराधिक कार्य हुन/गर्न नदिने प्रयोजनका लागि निषेधाज्ञा जारी गरिएको उल्लेख गरिएको छ ।

भाद्र २६ गते राती १० बजेदेखी बांके जिल्ला भरी अर्को आदेश वा सुचना जारी नभएसम्मको लागि निषेधित क्षेत्र घोषणा गरिएको हो । निषेधाज्ञामा कुनै प्रकारको जुलुस प्रदर्शन, सभा सम्मेलन एवम् पांच जना भन्दा बढी व्यक्ति भेला जम्मा हुन नदिन स्थानीय प्रशासन ऐन, २०२८ (संशोधन सहित) को दफा ६ को उपदफा १ (क) र ३ (क) बमोजिम निषेधाज्ञा जारी भएको जनाइएको छ  ।

प्रकाशित मिति : २६ भदौ २०८२, बिहिबार  ३ : २३ बजे

१० दिनदेखि अवरुद्ध राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा आजबाट सुचारु

काठमाडौँ । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा

लुकाइछिपाई नेपालगन्ज लैजाँदैगरेको शंकास्पद मासु सहित एकजना पक्राउ

खजुरा । बाँकेको खजुराबाट ठुलो परिमाणमा शंकास्पद मासु सहित १

सङ्घीय मन्त्रालयको सङ्ख्या घटाएर १८ कायम

काठमाडौं । प्रशासनिक सुधार र मितव्ययिता कायम गर्ने, अनावश्यक चालु

लुम्बिनी प्रदेश सरकार मन्त्रालय सङ्ख्या घटाउने तयारीमा

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आगामी साउन १

बुटवलमा सुकुम्बासी आन्दोलन झन चर्किँदै : जेठ ३ गते राष्ट्रिय सम्मेलनको तयारी

बुटवल । सरकारले देशका विभिन्न स्थानमा सुकुम्बासी बस्ती हटाउन डोजर