१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

जेनजी प्रदर्शन : खरानी भयो तिलोत्तमामा रहेको ड्रिमल्याण्ड गोल्ड रिसोर्ट, सयौँ युवाको रोजगारी संकटमा



बुटवल । रुपन्दहीको प्रतिष्ठित तारे होटल ड्रिमल्याण्ड गोल्ड रिसोर्ट मंगलबारको जेनजी आन्दोलनपछि खरानीमा परिणत भएको छ । तिलोत्तमा–२ स्थित उक्त रिसोर्टमा आन्दोलनकारीले तोडफोड, लुटपाट र आगजनी गरेपछि त्यहाँ कार्यरत सयभन्दा बढी कर्मचारी रोजगारीको अन्यौलमा परेका छन् ।

मंगलबार दिउँसो करिब चाररपाँच सय आन्दोलनकारी एक्कासी होटल परिसरमा पसेर केही घण्टामै सम्पूर्ण संरचना ध्वस्त पारेका थिए । होटलसँगै सञ्चालनमा रहेको मिनि क्यासिनोलाई समेत आगजनी गर्दा त्यहाँ कार्यरत कर्मचारीहरूको रोजगारी समेत गुमेको छ ।

होटलका कर्मचारीका अनुसार आन्दोलनकारीहरूले सर्वप्रथम क्यास काउन्टर कब्जा गरी बारमा रहेका मदिराका बोतल लुटे । त्यसपछि होटलका कोठा–कोठामा पुगेर टेलिभिजन, रेफ्रिजेरेटर, कम्प्युटर, ल्यापटपलगायतका महङ्गा सामग्री लुटेर लगे । मुख्य कार्यालयका कागजात र किचनमा रहेका सम्पूर्ण खाद्यान्न पनि आगजनीबाट नष्ट भएको कर्मचारीहरूले बताए ।

आन्दोलनकारीहरूले होटलका दुईवटा गाडीमा समेत आगो लगाइदिएपछि केही घण्टामै करोडौँको सम्पत्ति खरानीमा परिणत भएको हो । होटलमा विगत १५ वर्षदेखि काम गर्दै आएका पुराना कर्मचारीहरू समेत रोजगारी गुमेकोमा चिन्तित देखिएका छन् ।

मंगलबार मध्यराति पनि केही समूहले ‘आन्दोलनकारी’को नाममा बाँकी सामानमा तोडफोड गर्दै रेष्टुरेन्टमा रहेका मदिरा सेवन गरेर होटलभित्रै रात बिताएको सुरक्षा गार्डहरूले बताए ।

होटलमा कार्यरत एक कर्मचारीका अनुसार राति १० बजेदेखि नेपाली सेना परिचालनमा आएको भनिए पनि सुरक्षा अनुभव भने गर्न नसकिएको हो । “बुधबार दिउँसो मात्र सेनाले आएर केही भएमा फोन गर्न भन्दै नम्बर दिएर फर्किएको थियो । तर त्यतिबेलासम्म होटलमा बाँकी के नै थियो र ?” उनले गुनासो गरे ।

प्रकाशित मिति : २६ भदौ २०८२, बिहिबार  ४ : ०७ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले