१८ माघ २०८२, आइतबार | February 1, 2026

प्रजातान्त्रिक प्रक्रियाबाट शान्ति कायम गर्न अमेरिकी सिनेटरहरूको आग्रह



अमेरिका । नेपालमा विकसित भएको घटनाबारे अमेरिकाको वैदेशिक मामिलासम्बन्धी कमिटीका सिनेटरहरूले प्रजातान्त्रिक प्रक्रियाबाट शान्ति कायम गर्न आग्रह गरेका छन् ।

सिनेटरहरू जिन शहिन र क्रिस भ्यान होलेनले बिहीबार विज्ञप्ति जारी गर्दै भनेका छन्, “हालै नेपालमा भएको हिंसा, मानवीय क्षति र आगजनी अस्वीकार्य छ र हामीहरू पीडित र उनीहरूको परिवारजनप्रति गहिरो सहानुभूति व्यक्त गर्दछौँ ।”

नागरिकहरूको विरुद्ध चर्को दमन गर्नेहरूलाई उत्तरदायी बनाउन अपिल गर्दै विज्ञप्तिमा भनिएको छ, “नेपालले विगत दुई दशकमा प्रजातान्त्रिक अभ्यासको महत्त्वपूर्ण उपलब्धिहरू हासिल गरेको छ, नागरिकको कडा योगदानले प्राप्त उपलब्धिहरूको रक्षा गर्नु वाञ्छनीय रहेको छ ।”

शान्ति, पूर्ण प्रजातान्त्रिक र गतिशील नेपाल नै नेपाली, अमेरिका र यस क्षेत्रको चासोको विषय भएको उल्लेख गर्दै विज्ञप्तिमा नागरिकको विश्वास जित्नका लागि भ्रष्टाचार नियन्त्रण र संस्थागत कमजोरीलाई नेपाल सरकारले सम्बोधन गर्ने विश्वास गरिएको छ ।

प्रकाशित मिति : २७ भदौ २०८२, शुक्रबार  ६ : ५८ बजे

आचारसंहिता उल्लङ्घनका सूचना तथा उजुरीका लागि अलग्गै इमेल

काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घनसम्बन्धी सूचना तथा उजुरीका लागि

सुक्खा पहिरोले टिमुरे-रसुवागढी राजमार्ग अवरुद्ध

रसुवा । रसुवा जिल्लाको टिमुरे-रसुवागढी खण्डको सडक सुधारका क्रममा आएको

बुटवलमा प्रारम्भिक कक्षाका शिक्षक-अभिभावकलाई लक्षित अटिजमसम्बन्धी अभिमुखीकरण सम्पन्न

बुटवल । बालबालिकामा देखिने अटिजमसम्बन्धी समस्या समयमै पहिचान गर्न प्रारम्भिक

‘स्कुल गट ट्यालेन्ट रुपन्देही’को उपाधि अक्सफोर्डका अंकित गौतमलाई

बुटवल । बुटवलस्थित बागेश्वरी कला तथा संगीत एकेडेमीको आयोजनामा सम्पन्न

प्रहरी महानिरीक्षक कार्कीद्वारा जन्मभूमिको विद्यालयमा ५ लाखको अक्षयकोष स्थापना

गुल्मी । नेपाल प्रहरीका महानिरीक्षक दान बहादुर कार्कीले आफुले बाल्यकालमा