१५ माघ २०८२, बिहिबार | January 30, 2026

सुशीला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त, राति ९ बजे शपथ



काठमाडौं । जेनजी आन्दोलनकारीहरुको तर्फबाट सिफारिस गरिएकी ७३ वर्षीया सुशीला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएकी छिन् ।

राष्ट्रपति रामचन्द्र पौडेल र र जेनजी प्रतिनिधिहरुसहित कार्कीबीच भएको छलफल पछि उनलाई अन्तरिम प्रधानमन्त्रीमा नियुक्त गर्ने सहमति भएको हो । कार्कीको सपथ आजैराति ९ बजे हुने बताइएको छ ।

शपथग्रहणका लागि अहिले नियुक्तिपत्रको मस्यौदा र पहिलो मन्त्रिपरिषद्ले गर्ने निर्णयको मस्यौदाको गृहकार्य भइरहेको छ । कार्कीले सिंहदरबारस्थित गृहमन्त्रालयको नयाँ भवनमा अस्थायी रुपमा स्थापना गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर आजै राति कार्यभार सम्हाल्नेछिन् । त्यसअघि पहिलो मन्त्रिपरिषद्को बैठक भने शितलनिवासमै हुनेछ । सो बैठकले प्रतिनिधिसभा विघटनको सिफारिस गर्नेछ ।

कार्कीको मन्त्रिमण्डलमा अरु को को व्यक्ति समेटिन्छन् भन्ने कुरा अझै खुलिसकेको छैन । शपथग्रहण समारोहमा सहभागी हुन विशिष्ठ श्रेणिका कर्मचारीहरु र सुरक्षा प्रमुखहरुलाई शितलनिवास बोलाइएको छ ।

प्रकाशित मिति : २७ भदौ २०८२, शुक्रबार  ७ : ४६ बजे

‘फ्याक्ट चेक पत्रकारिताको आधारभूत र अनिवार्य टुल्स’

नेपालगन्ज । बाँकेका अगुवा पत्रकारहरुले फ्याक्ट चेक पत्रकारिताको आधारभूत र

सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ लाई मधेस प्रदेशकै नमूना बनाउने सभापति थापाको आश्वासन

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही निर्वाचन क्षेत्र

सभापति लामिछाने अस्पतालबाट डिस्चार्ज

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपचारपछि अस्पतालबाट

निर्वाचन आचारसंहिता : १० दिनमा आयोगले सोध्यो २१ स्पष्टीकरण, जवाफ आठ वटाको मात्र

काठमाडौँ । निर्वाचन आचारसंहिता, २०८२ लागू भएपछिको १० दिनमा निर्वाचन

‘द ब्रिटिस कलेज अलुम्नाइ मिट २०२६’ कार्यक्रम सम्पन्न

काठमाडौ । द ब्रिटिश कलेजले आफ्ना पूर्वविद्यार्थीहरूलाई एकै थलोमा भेला