२३ आश्विन २०८३, शुक्रबार | October 9, 2026

केपी ओली, रमेश लेखकसहित पाँच जनाको पासपोर्ट रोक्का गर्न सिफारिस

आयोगको अनुमति बिना उपत्यका छोड्न रोक



काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित पाँच जनाको पासपोर्ट रोक्का भएको छ ।

भाद्र २३ र २४ गतेको घटनाबारे छानबिन गर्न बनेको आयोगले तत्कालीन उच्च पदस्थ व्यक्तिहरुको विदेश भ्रमण रोक्न सरकारलाई निर्देशन दिएको हो ।

आयोगले असोज १२ गतेको बैठकपछि जारी गरेको प्रेस विज्ञप्तिमा छानबिनका लागि आवश्यक सोधपुछ गर्नुपर्ने भएकाले उनीहरूको विदेश भ्रमण तत्काल रोक्न गृह मन्त्रालयलाई पत्राचार गर्न भनिएको छ ।   उनीहरुलाई आयोगको अनुमति बिना काठमाडौं उपत्यका छोड्न पनि निषेध गरिएको छ ।

आयोगको विदेश भ्रमण रोक्का सूचीमा परेका व्यक्तिहरुमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक, तत्कालीन गृहसचिव गोविन्दप्रसाद दुबाडी, तत्कालीन राष्ट्रिय अनुसन्धान विभाग प्रमुख हुतराज थापा र काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल रहेका छन् ।

यस्तै, आयोगले भाद्र २३ र २४ गतेको घटनाबारे छानबिन गरी प्रतिवेदन पेश गर्ने कार्यलाई सहज बनाउन आवश्यक जानकारी जनसाधारणसम्म पुर्‍याउनका लागि गृह मन्त्रालयलाई जानकारी गराउने निर्णय गरेको छ ।

प्रकाशित मिति : १२ आश्विन २०८२, आइतबार  ६ : १३ बजे

सरकारले तोक्यो विद्युतीय सवारीको भाडा दर, कुन रुटमा कति ? (सूचीसहित)

काठमाडौँ । विद्युतीय शक्तिबाट सञ्चालन हुने सार्वजनिक सवारीमा कम खर्च

पोखरा स्कुल बस दुर्घटनाका तीन जना मृतक र घाइतेको पहिचान खुल्यो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ कालिकामा आज भएको स्कुल बस

कांग्रेस महाधिवेशन : मतदान समय ५ बजेसम्म थपियो

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

तारेख बुझ्न काठमाडौं जिल्ला अदालत पुगे रवि लामिछाने

काठमाडौं । सत्तारुढ रास्वपा सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालत

रुपन्देहीबाट लाखौं मूल्यका ९ बोरा अबैध पटाकासहित ४ जना पक्राउ

बुटवल । रुपन्देहीको सैनामैनाबाट प्रहरीले लाखौं मूल्यको अबैध पटाका बरामद