२९ मंसिर २०८२, सोमबार | December 15, 2025

जानलाई मनास्लु वल्र्ड कलेजको छात्रवृत्ति



काठमाडौं । नेपाली यु–१६ राष्ट्रिय पुरुष फुटबल टोलीका कप्तान जान लिम्बूलाई मनास्लु वल्र्ड कलेजले प्लस २ अध्ययनका लागि छात्रवृत्ति प्रदान गरेको छ । चुच्चेपाटीस्थित मनास्लुले म्यनेजमेन्ट अध्ययनका लागि जानलाई पूर्ण छात्रबृत्ति प्रदान गरेको हो ।

मनास्लुका चेयरम्यान गेन्द्र लामा, व्यवस्थापक कुमार मोक्तान र प्रिन्सिपल राजन श्रेष्ठ तथा जानबीच सो सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । यसै शैक्षिक सत्रदेखि सुरु भएको मनास्लुमा हाल म्यानेजमेन्ट सहित साइन्स, ह्युमिनिटी र लमा पढाईं हुने चेयरम्यान लामाले जनाएका छन् ।
चेयरम्यान लामाले सामाजिक उत्तरदायित्व वहन गर्नुका साथै अभिभावकलाई खेलमा लागेर पनि आफ्ना सन्तानले अनेक क्षेत्रमा अवसर पाउन सक्छन् भन्ने सन्देश दिन हाल जानबाट यो कदमको सुरुआत गरिएको बताए । उनले इच्छुक भएको खण्डमा यु–१६ का सम्पूर्ण सदस्यलाई पनि पूर्ण छात्रवृत्तिको अवसर दिन मनास्लु तयार रहेको प्रतिबद्धता जनाए ।

जानले २०७६ को एसईई सातदोबाटो स्थित लोक स्मृति विद्यालयबाट उत्तीर्ण गरेका थिए । कक्षा ३–४ देखि नै फुटबल खेल्न सुरु गरेका जान झापाको सरामतीका स्थायी बासिन्दा हुन् । उनले विभिन्न उमेरसमूहको अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरिसकेका छन् । जानका पिता पनि भलिबलका पूर्व राष्ट्रिय खेलाडी हुन् ।

प्रकाशित मिति : ३० भदौ २०७७, मंगलबार  १० : ४४ बजे

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ६० हजार नाघ्यो

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष

एमालेमा मन र मत मिलाउने प्रयास

काठमाडौं । “अध्यक्ष कमरेड, पार्टीभित्र एकताका लागि सङ्ख्या होइन, मन

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार