१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

बुटवलको भाटभटेनीबाट आइसक्रीम चोर्ने कालिका मानवज्ञानका शिक्षक निस्काशन



बुटवल । जेनजी समूहको आन्दोलनका क्रममा भाटभटेनी सुपरमार्केटमा तोडफोड र चोरीमा संलग्न भएको आरोपमा कालिका मानवज्ञान माध्यमिक विद्यालयले शिक्षक शिव शंकर शुक्लालाई बर्खास्त गरेको छ ।

विद्यालयका प्रधानाध्यापक दिनेश थापाद्वारा जारी विज्ञप्तिमा शुक्लाले २४ गते भएको आन्दोलनका क्रममा भाटभटेनीमा आगजनी, तोडफोड तथा सामान चोरीमा संलग्न रहेको प्रमाणित भएकाले विद्यालयको आचारसंहिता विपरीत गतिविधि गरेको ठहर गर्दै निष्कासन गरिएको उल्लेख गरिएको छ ।

स्थानीयका अनुसार शुक्ला आन्दोलनकै बीचमा भाटभटेनीबाट आइस्क्रिम लिएर हिँडिरहेको देखिएका थिए ।

विद्यालयले यस्तो गैरकानूनी गतिविधिले शिक्षकको सामाजिक उत्तरदायित्वलाई नै प्रश्नचिन्हमा पारेको भन्दै शुक्लालाई तत्काल निस्कासन गरिएको जनाएको छ ।

आंशिक रुपमा अक्सफोर्ड बोर्डिङ स्कुलमा पढाउँदै आएका शिक्षक शुक्लालाई अक्सफोर्डले घटनाको बारेमा थाहा पाउने बित्तिकै जागिरबाट हटाएको प्राचार्य दिनेश भुषालले जानकारी दिए ।

प्रकाशित मिति : २८ भदौ २०८२, शनिबार  ३ : ३१ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा