१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

लुटिएका आफ्ना आतहतियार र सुरक्षा सामाग्री फिर्ता गर्न बाँके प्रहरीको आग्रह



नेपालगन्ज । बाँके प्रहरीले जेन जी प्रदर्शनका क्रममा लुटिएका प्रहरीका हातहतियार र सुरक्षा सामाग्री फिर्ता गर्न सार्वजनिक आग्रह गरेको छ ।

आज एक विज्ञप्ति प्रकाशित गर्दै बाँके प्रहरीले भाद्र २३-२४ गते भएको प्रदर्शनका क्रममा नेपाल प्रहरी लगायत अन्य सुरक्षा निकाय एवं सरकारी, गैरसरकारी र निजी संघ संस्था समेतको हातहतियार, सञ्बार साथन, सवारी साधन, दस्तावेज, लिखत वा अन्य कुनै सामाग्री नियन्त्रणमा लिएको वा कही कतै फेला परेको भए नजिकको प्रहरी कार्यालय वा जिल्ला प्रहरी कार्यालय बाँकेमा फिर्ता बुझाउन आग्रह गरेको हो ।

प्रहरीले त्यस्ता सामाग्री नजिकको प्रहरी कार्यालयमा फिर्ता गर्न वा प्रहरीको ९८५८०९०११० र ९८५८०९०९५५ मा सम्पर्क गरी फिर्ता बुझाउन पनि अनुरोध गरेको छ ।

साथै, आन्दोलनका क्रममा प्रदर्शनकारीहरुले नियन्त्रणमा लिएका प्रहरी पोशाक एवं अन्य प्रहरी सामाग्रीहरुको दुरुपयोग नगर्न नगराउन र सो सँग सम्बन्धित सूचनाहरू भए सो समेत उपलब्ध गराउन सर्वसाधारणमा प्रहरीले अनुरोध गरेको छ ।

प्रकाशित मिति : २८ भदौ २०८२, शनिबार  ९ : ०४ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा