काठमाडौँ । नेकपा माओवादी केन्द्रसहित विभिन्न कम्युनिस्ट पार्टीसँग एकता र ध्रुवीकरणका लागि विप्लव नेतृत्वको नेकपा कम्युनिस्ट पार्टीले वार्ता टोली गठन गरेको छ । नेकपाको केन्द्रीय कार्यालय कपिलवस्तुमा भदौ २३ देखि २५ गतेसम्म बसेको केन्द्रीय समिति बैठकले प्रवक्ता खड्गबहादुर विश्वकर्माको नेतृत्वमा तीन सदस्य वार्ता समिति गठन गरेको हो ।
वार्ता टोलीमा स्थायी समिति सदस्यद्वय अनिल शर्मा र कर्णजित बुढाथोकी रहेको नेकपाले जनाएको छ । माओवादी केन्द्र लगायत कम्युनिस्ट पार्टीसँग एकता, ध्रुवीकरणबारे छलफल गर्न अहिलेलाई तीन सदस्य रकेको वार्ता टोली बनाइएको वार्ता टोलस्का सदस्य बुढाथोकीले बताए ।
उता साउन १९ गते सम्पन्न माओवादीको स्थायी समिति बैठकले नेकपा लगायत कम्युनिस्ट पार्टीहरूसँग एकता गर्ने निर्णय गरेको थियो ।


















प्रतिक्रिया