१० कार्तिक २०८३, मंगलबार | October 27, 2026

प्याजमा एकै दिन किलोमा १५ रुपैयाँ बढ्यो



काठमाडौं । नेपालमा प्याजको मुल्य बृद्धि भएको छ । छिमेकी मुलुक भारतले प्याज निर्यातमा बन्देज लगाएकै भोलिपल्ट नेपालमा भारतीय प्याजको मूल्य प्रतिकिलो १५ रुपैयाँले बढेको छ ।

कालिमाटी थोक बजारमा प्याजको मूल्य एकैदिनमा २५ प्रतिशत बृद्धि भएको छ । सोमबार थोक बजारमा प्रतिकेजी ६० रुपैयाँमा कारोबार भएको प्याजको मूल्य मंगलबार प्रतिकेजी ७५ मा कारोबार भएको छ ।

खुद्रा पसलमा ९० रुपैयाँमा बिक्री बितरण हुन थालेको छ । सोमबार मात्रै भारतले प्याज निर्यातसम्बन्धी नीतिमा परिवर्तन गर्दै प्रतिबन्ध लगाएको हो । भारतबाट केही दिनदेखि प्याज आयात कम हुन थालेपछि मूल्य बढिरहेको थियो ।

नेपाली बजारमा धेरै प्याज भारतबाटै आउने गर्छ । नेपालमा हिँउदमा रोपेर बैशाख जेठमा खनिने भएकाले भदौ असोजमा हरेक वर्ष प्याजको मूल्य बृद्धि हुने गरेको छ ।

केही समय अघि भारतले निर्यातमा प्रतिबन्ध लगाउँदा नेपाली बजारमा प्याजको मूल्य बढेर प्रतिकेजी २ सय ५० रुपैयाँसम्म पुगेको थियो । यदि भारतले निर्यातमा प्रतिबन्ध फुकुवा नगरेमा दसैंमा प्याजको मुल्य आकाशिने भएको छ । उक्त समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : ३१ भदौ २०७७, बुधबार  ६ : ५९ बजे

बाँकेको सैयापुर क्षेत्र पदयात्राको गन्तव्य

नेपालगन्ज । सैयापुर क्षेत्र हाइकिङ (पदयात्रा) लागि गन्तव्य स्थान बन्न

काठमाडौँमा प्रहरीको ‘स्वीप अपरेसन’ : ७५ जना पक्राउ, १२ फरार कसुरदार र प्रतिवादीसमेत नियन्त्रणमा

काठमाडौँ । काठमाडौँ उपत्यकामा आपराधिक गतिविधि नियन्त्रण तथा शान्तिसुरक्षा कायम

सुनको भाउ बढ्यो, चाँदीको घट्यो

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ ।

टस जितेर विराटनगरले रोज्यो बलिङ, चितवनले पहिले ब्याटिङ गर्ने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आजको पहिलो खेलमा