१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

एक रातमा प्याजको मुल्य १०० प्रतिशत बढ्यो, काठमाडौमा अनुगमन सुरु, बुटवल उपमहानगरलाई पत्तो छैन



काठमाडौं । भारतले प्याज निर्यातमा रोक लगाएसँगै नेपालमा व्यवसायीहरुले आफुखुसी मुल्य लगाउन थालेका छन् । अघिल्लो दिनसम्म ६० देखि ७० रुपैयाँ प्रतिकिलो बिक्रि भएको प्याज भारतले निर्यात प्रतिबन्ध लगाएको खबर आएसँगै १०० देखि १३० रुपैयाँ सम्ममा बिक्रि गरेको पाईएको छ ।

भारतले निर्यात प्रतिबन्ध लगाए लगत्तै पुरानै खरिदको प्याजलाई मुल्य बढाएर बेच्ने ब्यवसायीलाई काठमाडौंमा भने कडाई गरिएको छ ।

बढी मुल्यमा प्याज बेचेको अभियोगमा काठमाडौं महानगरपालिकाको अनुगमन टोलीले बुधबार बल्खु बजारबाट एक जना व्यवसायी पक्राउ गर्नुका साथै केहि ब्यवसायीलाई पुर्जी काटेर कारवाही गरेको छ ।

अनुगमन टोलीले बल्खुस्थित तरकारी बजारमा बढी मूल्यमा प्याज विक्री गरेको अवस्थामा तरकारीका थोक बिक्रेता सुनिल केसीलाई नियन्त्रणमा लिएको छ ।

केसीको पसलबाट दुई सय ४० बोरा प्याज पनि बरामद गरिएको टोलीले जनाएको छ । बुधबार बिहानै अनुगमनमा निस्केको टोलीले अनुगमनका क्रममा अन्य ७ वटा पसललाई हाजिर भएर जरिवाना तिर्न भन्दै पूर्जी काटेको छ ।

उनीहरुले एक सयदेखि एक सय ३० रुपैयाँ प्रतिकिलो सम्ममा प्याज विक्री गरेको अनुगमन टोलीले फेला पारेको थियो ।

राजधानीमा स्थानीय तहले कडाई गरेपनि राजधानी बाहिरका शहरहरुमा भने व्यवसायीहरुले आफु खुसी मुल्य लगाएर प्याज बिक्रि बितरण गरिरहेका छन् ।

प्रदेश ५ को राजधानी बुटवलमा मंगलबार सम्म ४० देखि ५० रुपैयाँ प्रति किलो रहेको प्याज बुधबार ८० देखि एक सय ८० रुपैयाँ सम्ममा बिक्रि भईरहेको छ । बुटवलस्थित तरकारीको थोक बजारमा मंगलबारसम्म गोदामभरी प्याज देखिएकोमा रातारात गोदाम खालि बनाईएको प्याज किन्न गएका एकजना तरकारी व्यवसायीले खबरकुरालाई बताए ।

बजार अनुगमनका विषयमा बुटवल उपमहानगरपालिकाका अनुगमन समितिका संयोजक समेत रहेकी उप प्रमुख गुमादेवी आचार्यले जानकारी गराएकोमा धन्यबाद व्यक्त गर्दै बजार अनुमन हुने बताइन् ।

प्रकाशित मिति : ३१ भाद्र २०७७, बुधबार  १० : ५४ बजे

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले मुलुकको

अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग

युवा उद्यमी मञ्च रुपन्देहीको आयोजानमा पहिलो ‘बिटुबि कन्टेक्ट २०२४’

बुटवल । नेपालमै पहिलो पटक रुपन्देहीमा शनिवार (भोली)’बिटुबि कन्टेक्ट २०२४’

निरजलाई सूर्य नेपाल काठमाडौं ओपनको उपाधि

काठमाडौं । कोर्स रेकर्ड बराबरी गर्दै समग्रमा ८-अन्डर २ सय

भुतुङ्ग-छापचौर तराई सम्पर्क समाजको शुभकामना आदान प्रदान

बुटवल । भुतुङ्ग-छापचौर तराई सम्पर्क समाजको आयोजनामा शुभकामना आदान प्रदान