१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

मुख्यमन्त्री पाण्डेद्वारा क्षतिग्रस्त संरचनाको अवलोकन



गण्डकी । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनी गरी क्षति पु¥याइएका प्रदेशसभा भवन, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलगायतका संरचनाको आज अवलोकन गरेका छन ।

अवलोकनका क्रममा उनले सार्वजनिक सेवा प्रवाहलाई सहज बनाउँदै जाने र क्षतिग्रस्त संरचनाको मर्मतसम्भार तथा पुनःनिर्माण गरिने बताए । सुरक्षा निकाय र सेवाग्राही बढी आउने कार्यालयबाट तत्काल नियमित सेवा प्रवाह हुने वातावरण निर्माण गरिने मुख्यमन्त्री पाण्डेले बताए ।

जेनजी आन्दोलनका क्रममा सार्वजनिक सम्पत्तिमा भएको तोडफोड र आगजनीप्रति दुःख व्यक्त गर्दै उनले नेपाललाई कमजोर र असफल पार्न खोज्ने तत्वले विध्वसं मच्चाएको उल्लेख गरे । मुख्यमन्त्री पाण्डेले क्षतिग्रस्त संरचनाको पुनःनिर्माणका लागि सबै पक्षबीच एकता र सहकार्यको जरूरी रहेको बताए ।

प्रकाशित मिति : ३१ भदौ २०८२, मंगलबार  ६ : ०६ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा