५ कार्तिक २०८३, बिहिबार | October 22, 2026

आगजनी, तोडफोड र लुटपाटमा संलग्न भएको आरोपमा बाँकेमा शालिकराम पाठक र दीपक टमाटा पक्राउ



नेपालगन्ज । ‘जेन–जी’ आन्दोलनको बहानामा नेपालगन्जका सरकारी कार्यालयहरूमा भएको आगजनी, तोडफोड र लुटपाटमा संलग्न व्यक्तिहरू पक्राउ पर्न थालेका छन् । सर्वसाधारणलाई आगजनी, तोडफोड र लुटपाट गर्दाको अवस्थाका फोटो, भिडियो पठाउन आग्रह गरेको बाँके प्रहरीले सोही आधारमा कारवाही अभियान थालेको हो ।

प्रहरीले आगजनी र लुटपातमा संलग्न देखिएका दुई जनालाई नियन्त्रणमा लिएको जनाएको छ । पक्राउ पर्नेमा नेपालगञ्ज जयसपुरका शालिकराम पाठक र दीपक टमाटा रहेका छन् । प्रहरीका अनुसार पाठकमाथि नेपालगञ्ज उपमहानगरपालिका, आन्तरिक राजस्व कार्यालयलगायतका सरकारी कार्यालय र सवारीसाधनमा आगजनी, तोडफोड तथा लुटपाट गरेको आरोप छ भने टमाटामाथि यातायात ब्यवस्था कार्यालयमा लुटपात गरेर सामानहरु लगेको आरोप रहेको छ ।

बाँकेका प्रहरी प्रवक्ता नायब उपरीक्षक (डिएसपी) दीपक पातलीले दुईजनालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरिएको बताए । उनले आन्दोलनको नाममा अराजक क्रियाकलापमा संलग्न अन्य व्यक्तिहरूको पनि पहिचान भइरहेको जानकारी दिए ।

आन्दोलनकै क्रममा नेपालगन्ज र कोहलपुर क्षेत्रमा सरकारी तथा व्यक्तिगत संरचनामा आगजनी, तोडफोड र लुटपाट भएको थियो । प्रहरीले यस्ता घटनामा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिन थप अभियान चलाइरहेको जनाएको छ ।

प्रहरीले सोमबार एक सूचना जारी गर्दै लुटपात गरिएका सामानहरु फर्काउन, प्रहरीका हात हतियार तथा पोशाक फिर्ता गर्न र त्यसमा संलग्न देखिएका फोटो तथा भिडियो फुटेजहरु प्रहरीलाई उपलब्ध गराउन आग्रह गरेको थियो ।

प्रकाशित मिति : ३१ भदौ २०८२, मंगलबार  १० : २१ बजे

हानिनोक्सानी कोषबाट नेपाललाई २० मिलियन अमेरिकी डलर अनुदान

काठमाडौँ । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

पुनःनिर्माणमा बजेटको कमी हुँदैन : मन्त्री लम्साल

म्याग्दी । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले मनसुनजन्य विपद्बाट क्षतिग्रस्त कालीगण्डकी

नेता गौतमको निधनप्रति अध्यक्ष ओलीको श्रद्धाञ्जली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीका पूर्वकेन्द्रीय सल्लाहकार परिषद्

मौसमविद् भन्छन् – एकसाता दिनपछि वर्षा हुन सक्छ तर त्रसित नबनौं

काठमाडौं । नेपाल मौसम विज्ञान विभागले आगामी मङ्गरबारदेखि मुलुकको केही

दुर्गामाताका मूर्तीहरुको सामूहिक विसर्जन

नेपालगन्ज । बडा दशैका लागि बाँकेका विभिन्न स्थानमा स्थपाना गरिएका