रसुवा । जेनजी प्रदर्शनका क्रममा रसुवा कारागारबाट फरार ९७ कैदीबन्दीमध्ये ९१ जना फर्किएका छन् ।
गत भदौ २५ गते कारागारबाट फरार भएका कैदीबन्दीमध्ये केहीलाई सुरक्षाकर्मीले घरबाट पक्राउ गरेका थिए भन केहीले आत्मसमर्पण गरेको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक राजु शाहले जानकारी दिए ।
उनका अनुसार अझै फरार हुनेमा रसुवा कालिका-३ का रूपेश नेपाली, रसुवा उत्तरगया-३ का छिरिङ भन्ने सुमन तमाङ, गोसाइँकुण्ड गाउँपालिका-१ का निमा दोर्जे तामाङ र सोही गाउँपालिकाका-३ का कर्मा सोनाम तामाङ छन् । साथै नुवाकोट जिल्ला किस्पाङ गाउँपालिका-१ का वीरमान तामाङ र सोही गाउँपालिका-५ का निर्मल तामाङ रहेको प्रहरीले जनाएको छ ।



















प्रतिक्रिया