२० मंसिर २०८२, शनिबार | December 6, 2025

राष्ट्रपतिलाई नागरिक अगुवाहरुको ज्ञापनपत्र, संवैधानिक अंगहरुलाई असंवैधानिक ढंगले नचलाइयोस



काठमाडौं । नागरिक आन्दोलनका अगुवाहरुले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरी लोकतन्त्रको जग कमजोर नपार्न सरकारलाई सजग बनाउन आग्रह गरेका छन् ।

विभिन्न क्षेत्रका १४ जना प्रबुद्ध नागरिकले राष्ट्रपतिलाई ज्ञापनपत्र बुझाउँदै संक्रमणकालीन अवस्थामा राजनीतिक दल र संवैधानिक संरचनाको दायित्व अझ बढेको बताएका छन् ।

उनीहरुले जेनजी आन्दोलनपछि देखाइएको राष्ट्रपतिको अभिभावकीय भूमिकाको प्रशंसा समेत गरेका छन् । उनीहरुले सरकार निर्वाचन गराउने दायित्वबाट विमुख नहुन चेतावनी दिएका छन् ।

नागरिक अगुवाहरुले जेनजी आन्दोलनमा भएको सरकारी दमन, आपराधिक घुसपैठ र भयावह हिंसात्मक घटनाको उच्चस्तरीय छानबिनको माग पनि अघि सारेका छन् । उनीहरुले आन्दोलनलाई नियन्त्रणमा लिन सुरक्षा निकायको निष्क्रियताप्रति शंका व्यक्त गरेका छन् । दलहरुमाथि प्रतिशोध लिने वा संवैधानिक संरचनालाई असंवैधानिक ढंगले चलाउने खतरा देखिएको विश्लेषण गर्दै नागरिक अगुवाहरुले यस्तो अवस्था दोहोरिए अर्को द्वन्द्व सुरु हुन सक्ने भन्दै राष्ट्रपतिलाई सचेत समेत गराएका छन् ।

यसैबीच सरकारले विदेशमा रहेका नेपालीलाई पनि मतदानमा सहभागी गराउनेगरी अध्यादेश ल्याउने तयारी गरिरहेको प्रसंगमा नागरिक अगुवाहरुले चुनाव समयमै नहुने चिन्ता व्यक्त गरेका छन् । ६ महिनाभित्रै निर्वाचन नभए ठूलो संवैधानिक संकट आउने भन्दै उनीहरुले राष्ट्रपतिको ध्यानाकर्षण गराएका छन् ।

प्रकाशित मिति : २ आश्विन २०८२, बिहिबार  १२ : ०५ बजे

एनपीएलमा चितवन र पोखराको प्रतिष्ठाको भिडन्त, चितवनले टस जितेर ब्याटिङ

काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)

फाफ डू प्लेसिस-हेजलेटको अर्धशतकले विराटनगर किङ्ग्स पहिलो क्वालिफायरमा

काठमाडौं । ओपनर फाफ डू प्लेसिस र साम हेजलेटको विस्फोटक

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले