११ भदौ २०८३, बिहिबार | August 27, 2026

पर्यटकीय याममा सौराहाका होटलमा बुकिङ रद्द



चितवन । यहाँको पर्यटकीय क्षेत्र सौराहाका होटलहरुमा पर्यटकले धमाधम बुकिङ रद्ध गरेका छन् । पर्यटकीय याममा समेत पर्यटकले बुकिङ् रद्द गरेका हुन् ।

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि अन्तरराष्ट्रिय जगतमा नकारात्मक सन्देश प्रवाह हुँदा अधिकांश होटलका बुकिङ रद्द भएको जनाइएको छ ।

क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष ओम पाण्डेले सेप्टेम्बरका लागि बुकिङ भएका होटल शत प्रतिशत रद्द भएको जानकारी दिए। उनका अनुसार आगामी महिनाहरुका लागि भएका बुकिङ पनि रद्द भइरहेको छ ।

“यो महिनामा ६५ देखि ७० प्रतिशत होटलका कोठा बुकिङ् भएका थिए”, उनले भने, “अहिले एकरदुई वटा कोठामा मात्र पर्यटक छन् ।”

देशभर आन्दोलन चलिरहँदा पनि सौराहाका होटलहरुमा पर्यटक राम्रै सङ्ख्यामा थिए । तर उनीहरु गएपछि थप पर्यटक आएनन् । क्षेत्रीय होटल सङ्घ सौराहाका निवर्तमान अध्यक्ष दीपक भट्टराईले अन्तरराष्ट्रिय जगतमा नकारात्मक सन्देश प्रवाह भएकाले ट्राभल एजेन्सीमार्फत पर्यटकले सुरक्षित हुन नसकिने भन्दै दैनिक एक सय हाराहारीमा इमेल र म्यासेज पठाइरहेको बताताए ।

उनका अनुसार अहिले सौराहामा होटलको क्षमताको तुलनामा पाँच प्रतिशत पनि पर्यटक छैनन् । चितवन राष्ट्रिय निकुञ्ज घुम्नका लागि पर्यटक सौराहा आउने गर्दछन् । यो निकुञ्ज जङ्गल सफारीका लागि विश्वमै परिचित छ ।

प्रकाशित मिति : २ आश्विन २०८२, बिहिबार  १२ : २३ बजे

विपत्तिमा राजनीति होइन, राष्ट्रिय एकता चाहिन्छ : प्रचण्ड

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

बाढी प्रभावित नुवाकोटको स्थलगत निरीक्षणमा प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह आज बिहानै बाढी प्रभावित क्षेत्र

चिनियाँ पक्षको दाबी – नेपाली भूभागमै भूकम्प र हिमपहिरो जाँदा बाढी आयो

काठमाडौं। नेपाल र चीनमा ठूलो जनधनको क्षति हुने गरी आएको

भोटेकोशी बाढीबारे सिंहदरबारमा सर्वदलीय बैठक

काठमाडौं। रसुवा, नुवाकोट र धादिङमा भोटेकोशी तथा त्रिशूली नदीमा आएको

भोटेकोशी बाढी : हालसम्म १६२ जनाको शव फेला

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा खोज तथा