१५ माघ २०८२, बिहिबार | January 29, 2026

जेन-जी प्रदर्शनमा बढी बल प्रयोग गरेको आरोप लागेका काठमाडौंका एसएसपी अधिकारीलाई जिम्मेवारीबाट हटाइयो



काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारीलाई जिम्मेवारीबाट हटाइएको छ।

जेन-जी आन्दोलनका क्रममा  दमन गरेको आरोप लागेपछि अधिकारीलाई जिम्मेवारीबाट हटाइएको हो। परिसर प्रमुख विश्व अधिकारीलाई प्रहरी प्रधान कार्यालय तानिएको प्रधान कार्यालयले जनाएको छ। उनको स्थानमा प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत् एसएसपी रमेश थापालाई पठाइएको छ।

प्रहरी महानिरीक्षकको सचिवालयले काठमाडौं परिसर प्रमुख फेरिएको पुष्टि गरेको छ। जेन-जी आन्दोलनका क्रममा हालसम्म देशभरि ७४ जनाको मृत्यु भएको छ। जेन-जी आन्दोलनको पहिलो दिन मात्र काठमाडौंमा प्रहरीको गोलीले १९ जनाको मृत्यु भएको थियो।

जेन-जी आन्दोलनको छानबिनका लागि सरकारले न्यायिक जाँचबुझ आयोग गठन गर्ने निर्णय समेत गरेको छ। न्यायिक आयोग बनाइनसक्दै अधिकारीलाई जिम्मेवारीबाट हटाइएको हो।

अधिकारीलाई तत्कालीन गृहमन्त्री रमेश लेखकनिकट मानिन्थ्यो। गत चैत १५ गते तीनकुनेमा भएको राजावादी आन्दोलनमा समेत दमन गरेको आरोप अधिकारीमाथि लागेको थियो।

प्रकाशित मिति : २ आश्विन २०८२, बिहिबार  ८ : ४२ बजे

पर्सा निकुञ्जमा बाघ गणना थालियो

वीरगञ्ज । चितवन र पर्सा राष्ट्रिय निकुञ्जको तेस्रो खण्ड (ब्लक)मा

मधेस प्रदेशका एकहजार दुई सय ४६ मतदानस्थल अति संवेदनशील

जनकपुरधाम । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनअन्तर्गत मधेस

अवरुद्ध कागबेनी-मुक्तिनाथ सडकको हिउँ पन्छ्याउन सुरु

मुस्ताङ । भारी हिमपातका कारण अवरुद्ध कागबेनी–मुक्तिनाथ सडक खुलाउन पहल

आन्तरिक उडान सुचारू

काठमाडौँ । आज बिहानैदेखि लागेको बाक्लो हुस्सु तथा कुहिरोको कारण

कांग्रेसको प्रधानमन्त्रीको उम्मेदवार नयाँ युगमा नयाँ सन्दर्भको प्रतिनिधि : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीले अघि सारेको