काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भूसालले मुलुकलाई प्रतिक्रान्तिकारी खतराहरूबाट बचाउन पार्टी पुनर्गठन पहिलो सर्त भएको बताएका छन्।
एकीकृत समाजवादीको सचिवालय बैठकमा उनले पार्टी र नेतृत्व पुनर्गठनको प्रस्ताव अघि सारेका हुन्। जेन–जी आन्दोलन र त्यसपछिको परिस्थितिको विश्लेषण गर्दै उनले मुलुकलाई प्रतिक्रान्तिकारी खतराहरूबाट बचाउन पार्टी पुनर्गठन पहिलो सर्त भएको उल्लेख गरे ।
उनले मुलुक क्रान्ति र प्रतिक्रान्तिको नयाँ चरणमा प्रवेश गरेको पनि निचोड निकालेको छन्। देशका सबै पार्टीले आज वा भोलि पुनर्गठन नगरिकन जनतामा जान किमार्थ सम्भव नरहेको उनको भनाइ छ।


















प्रतिक्रिया