१० कार्तिक २०८३, मंगलबार | October 28, 2026

कांग्रेसको निष्कर्ष : संसद् विघटन असंवैधानिक, कार्यवाहक नबनाउने



काठमाडौं । नेपाली कांग्रेसले संसद् विघटन गरेर नयाँ सरकार गठन गरिएको प्रक्रियाप्रति असहमति जनाएको छ।

शुक्रबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले संसद् विघटनलाई असंवैधानिक ठहर गर्दै त्यसप्रति आपत्ति जनाएको हो।

बैठकमा कृष्णप्रसाद सिटौला लगायतका नेताहरुले संसद् विघटन असंवैधानिक रहेकाले त्यसलाई प्रमुख मुद्दा बनाउनु पर्ने धारणा राखेका थिए । बैठकले निर्वाचन घोषणाको विरुद्धमा नजाने तर, प्रक्रियाबारे प्रश्न उठाउने र अन्य दलहरुसँग पनि छलफल गर्ने निर्णय पनि गरेको छ ।

जेनजी आन्दोलनका क्रममा ध्वस्त भएको पार्टी केन्द्रीय कार्यालयमा बचेको एक हलमा आयोजित पहिलो बैठक पार्टी उपसभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बसेको थियो।

यसअघि खड्काकै अध्यक्षतामा कांग्रेस कार्यसम्पादन समिति भर्चुअल माध्यमबाट बसेको थियो। आन्दोलनका क्रममा कांग्रेसका धेरैजसो शीर्ष नेताहरूको घरमा पनि क्षति पुगेको भन्दै बैठकले ती घटनाको निन्दा गर्ने निर्णय गरेको छ। सभापति देउवा जेनजी आन्दोलनकारीको सांघातिक आक्रमणमा परेर गम्भीर घाइते भएपछि अहिले उपचाररत छन् ।

बैठकले तत्काल कसैलाई पनि कार्यवाहक सभापतिको जिम्मेवारी नदिने र विशेष महाधिवेशन नगर्ने निर्णय गरेको छ। सहमहामन्त्री महेन्द्र यादवका अनुसार, कार्यवाहक र विशेष महाधिवेशनको विषय सभापति देउवा पूर्ण रूपमा स्वस्थ भएपछि मात्रै छलफल गरिनेछ।

प्रकाशित मिति : ३ आश्विन २०८२, शुक्रबार  २ : ४८ बजे

कोप–३१ मा जलवायु न्यायको आवाज बुलन्द गर्न सुझाव

काठमाडौँ । जलवायु परिवर्तनसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन (कोप–३१) मा जलवायु न्यायको

सांसद काफ्लेद्वारा सभामुखसहित पाँच जनाविरुद्ध जालसाजीको मुद्दा

नेपालगन्ज । पदमुक्त गर्ने विवादित पत्रमा कीर्ते तथा जालसाजी भएको

अध्यक्ष ओलीबाट मदन भण्डारी स्मृति प्रतिष्ठानको स्मारिका लोकार्पण

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौँ । मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

एनपिएल क्रिकेटमा कर्णाली याक्सको जित

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगितअन्गर्तत आज भएको