१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

अर्घाखाँचीका आगजनी प्रभावित क्षेत्रको मुख्यमन्त्री आचार्यद्वारा अनुगमन



अर्घाखाँची । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अर्घाखाँची जिल्लास्थित सरकारी कार्यालय तथा विभिन्न राजनीतिक दलका पार्टी कार्यालयमा भएको क्षतिको स्थलगत अनुगमन गरेका छन् ।

शनिबार गृहजिल्ला अर्घाखाँची आइपुगेका मुख्यमन्त्री आचार्यले भग्नावशेष बनेका संरचनाहरूको स्थलगत अनुगमन गरेका हुन् । भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा अर्घाखाँचीमा जिल्ला समन्वय समिति, सन्धिखर्क नगरपालिका, नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रलगायतका कार्यालयमा आगजनी भएको थियो ।

सरकारी कार्यालयहरूको सेवा प्रवाह तत्काल सुचारु गर्ने विषयमा समेत मुख्यमन्त्री आचार्यले चासोका साथ छलफल गरेका छन् ।’अब सेवा प्रवाह कसरी अघि बढाउन सकिन्छ भन्नेमा ध्यान दिनुपर्छ । अस्थायी संरचना होस् या त्रिपाल टाँगेर भए पनि जनताको काम गरिनुपर्छ,’ उनले भने-‘सबैसँग समन्वय र सहकार्य गरेर सेवा प्रवाहमा जुट्नै पर्छ ।’

जेन(जी आन्दोलनका नाममा घुसपैठ भई सरकारी, सामाजिक तथा राजनीतिक संघ(संस्था र व्यक्तिगत संरचनामा क्षति पुर्याउने कार्य भएको र ती घटनाको अनुसन्धान गरी दोषी पहिचान गरेर कानूनी दायरामा ल्याउन सरोकारवाला पक्षले माग गरेका थिए । यस क्रममा मुख्यमन्त्री आचार्यले घटनाको सबै पक्ष र तहबाट सुरक्षा निकायले अनुसन्धान गरिरहेको बताए ।

आन्दोलनका क्रममा मुख्यमन्त्री आचार्यको सन्धिखर्कस्थित घरमा समेत आगजनी गरिएको थियो । जसबाट घरमा पूर्ण क्षति पुगेको छ ।

प्रकाशित मिति : ४ आश्विन २०८२, शनिबार  ११ : ३३ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा