काठमाडौं । नारायणगढ-मुग्लिन सडकखण्ड अन्तर्गत तुइन खोलानजिक खसेको पहिरो पूर्णरुपमा हटाइएको छ । पहिरो पन्छाएसँगै अवरुद्ध यातायात आंशिक रुपमा खुलेको हो ।
गत शुक्रबार खसेको पहिरोका कारण सडक पूर्ण रुपमा अवरुद्ध भएको थियो । नारायणगढ र मुग्लिन दुबै दिशाबाट मेसिन प्रयोग गरी आइतबार बिहान ४ बजेदेखि पहिरो हटाउने कार्य सुरु गरिएको थियो ।
सडक डिभिजन कार्यालय भरतपुरका अनुसार आइतबार अपरान्ह ४:१५ बजेदेखि राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ । दुईतर्फी आवागमन सहज बनाउन डोजर र रोलर प्रयोग गरी बाटो थप फराकिलो बनाउन प्रयास भइरहेको जनाएको छ ।



















प्रतिक्रिया