६ आश्विन २०८३, मंगलबार | September 22, 2026

नारायणगढ-मुग्लिन सडकखण्ड आंशिक सञ्चालन, दुईतर्फी आवागमन खोल्ने प्रयास जारी



काठमाडौं । नारायणगढ-मुग्लिन सडकखण्ड अन्तर्गत तुइन खोलानजिक खसेको पहिरो पूर्णरुपमा हटाइएको छ । पहिरो पन्छाएसँगै अवरुद्ध यातायात आंशिक रुपमा खुलेको हो ।

गत शुक्रबार खसेको पहिरोका कारण सडक पूर्ण रुपमा अवरुद्ध भएको थियो । नारायणगढ र मुग्लिन दुबै दिशाबाट मेसिन प्रयोग गरी आइतबार बिहान ४ बजेदेखि पहिरो हटाउने कार्य सुरु गरिएको थियो ।

सडक डिभिजन कार्यालय भरतपुरका अनुसार आइतबार अपरान्ह ४:१५ बजेदेखि राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ । दुईतर्फी आवागमन सहज बनाउन डोजर र रोलर प्रयोग गरी बाटो थप फराकिलो बनाउन प्रयास भइरहेको जनाएको छ ।

प्रकाशित मिति : ५ आश्विन २०८२, आइतबार  ४ : ४१ बजे

पेरिसडाँडामा नेकपाको केन्द्रीय संयोजन समितिको बैठक

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय संयोजन समितिको बैठक सुरु

अर्थमन्त्री वाग्लेलाई कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१ औं महासभामा

दर्ता नभएका औषधि बिक्री रोक्न आयुर्वेद चिकित्सा परिषद्को अनुरोध

काठमाडौं । आयुर्वेद चिकित्सा परिषद् नेपालले दर्ता नभएका औषधिको बिक्री–वितरण

सुनचाँदीको मूल्य केही घट्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

परराष्ट्रमन्त्री खनाल र पोर्चुगलका विदेशमन्त्री रान्जेलबीच भेटवार्ता

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र पोर्चुगलका विदेशमन्त्री पाउलो रान्जेलबीच