३ असार २०८३, बुधबार | June 17, 2026

जेनजी आन्दोलनपछिको पुनर्निर्माणमा लखन ब्रदर्श युथ क्लबको सहयोग घोषणा



बुटवल । जेनजी आन्दोलनका क्रममा भएको क्षति पुनःनिर्माणका लागि देशभर सहयोग घोषणा भइरहेका बेला रुपन्देहीको सामाजिक र खेलकुद क्षेत्रमा सक्रिय लखन ब्रदर्श युथ क्लबले पनि राष्ट्र पुनर्निर्माण कोषमा आर्थिक सहयोग गर्ने घोषणा गरेको छ ।

आइतबार क्लबको सचिवालयमा आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष सुदिप खत्रीले १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाए । “सामाजिक कार्यमा सहभागिता, युवाहरूको प्रतिबद्धता” भन्ने नारासहित स्थापना भएको क्लब नगर सौन्दर्यीकरण, सरसफाइ, सचेतना र खेलकुद गतिविधिमा निरन्तर सक्रिय रहँदै आएको उनले जानकारी दिए ।

उनका अनुसार क्लबले सिंहदरबारसहितका क्षतिग्रस्त सरकारी संरचनाको जीर्णोद्धारमा थोरै भए पनि योगदान पुर्‍याउने उद्देश्यले सहयोग घोषणा गरेको हो । साथै, सरकारी कार्यालयहरूमा स्वयंसेवी श्रमदानसमेत गर्ने गरी तयारी भइरहेको उनले बताए ।

स्थापना दिवसमा स्वास्थ्य शिविर र रक्तदान कार्यक्रम आयोजना गर्दै आएको क्लबले हालसम्म आफ्नै खर्चमा सडकमा छरिएका विद्युत् र टेलिफोनका तार क्लिपिङ गर्ने, वडासँग समन्वयमा बाटाका खाल्टाखुल्टी टाल्ने, वृक्षारोपण गर्ने, डेंगुजन्य रोगबारे जनचेतना फैलाउनेजस्ता गतिविधि गर्दै आएको सचिव निरञ्जन पन्तले जानकारी दिए । साथै, क्लबले पहिलो संस्करणको लखन कप फुटबल प्रतियोगिता समेत आयोजना गरिसकेको छ ।

वि.सं. २०७९ मा दर्ता भएको यो क्लबमा हाल करिब ८० जना युवा सदस्य सक्रिय रहेका छन् ।

प्रकाशित मिति : ५ आश्विन २०८२, आइतबार  ४ : ४९ बजे

रूपन्देहीमा एक महिनामा १८२ मुद्दा, ४६ फरार प्रतिवादी पक्राउ

भैरहवा । जिल्ला प्रहरी कार्यालय रूपन्देहीमा जेठ महिनाभर विभिन्न प्रकृतिका

परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले चिनियाँ लगानीकर्ताहरूलाई नेपालमा लगानी गरी

जेठमा घर जग्गा कारोबारबाट पाँच अर्ब २४ करोड राजस्व सङ्कलन

काठमाडौँ । देशभरका भूमि प्रशासन कार्यालयले गत जेठ महिनामा रु

विश्वकप हेर्न अनावश्यक तथा शङ्कास्पद ‘एप डाउनलोड’ नगर्न साइबर ब्यूरोको आग्रह

काठमाडौँ । नेपाल प्रहरीको साइबर ब्यूरोले विश्वकप फुटबल २०२६ हेर्न

चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन

काठमाडौं । सङ्घीय सरकारले चालु आर्थिक वर्षको ११ महिनामा राजस्वतर्फ