६ श्रावण २०८३, बुधबार | July 22, 2026

जापानको निर्यात १५ प्रतिशतले घट्यो, शोधनान्तर बचत बढ्यो



कोरोनाभाइरसको महामारीले उद्योगहरूको एक विस्तृत श्रृंखलालाई धक्का दिएको र उपभोक्ताको माग बढेका कारण जापानको व्यापार बचत अगष्ट महिनामा अझ फराकिलो भएको छ ।

अघिल्लो वर्षको तुलनामा निर्यातमा १५ प्रतिशत गिरावट आएपनि आयातमा २० प्रतिशतभन्दा बढी खस्किएपछि व्यापार बचतको अंक फराकिलो हुँदै गएको जापानको वित्त मन्त्रालयले बुधबार सार्वजनिक गरेको प्रारम्भिक विवरणमा उल्लेख छ ।

एउटा दुर्लभ पक्ष के छ भने चीनतर्फको निर्यात ५ प्रतिशतले बढेको छ । तर संयुक्तराज्य अमेरिकासँगको निर्यात र आयात दुबै २० प्रतिशतभन्दा बढीले खस्किएको छ । यही कारण जापानको व्यापार बचत झण्डै २० प्रतिशतले वृद्धि भएर करिब ३ अर्ब ५० करोड डलर पुगेको छ ।

धेरै जापानी निर्माताहरुले चीनमा निर्माण हुने सामानका लागि रसायन र उपकरणहरु लगायत उपलब्ध गराउँछन् ।

मजबुत निर्यातले हालका वर्षहरुमा जापानको अर्थतन्त्र माथि उकास्न ठूलो सहयोग पु¥याएको छ तर पछिल्ला वर्षहरुमा चीनको अर्थव्यवस्था सुस्त भएपछि र महामारीले सिर्जना गरेको विषम परिस्थितिले जापानको निर्यात व्यापारमा पनि असर परेको छ ।

चीन, अमेरिका र युरोपमा महामारीसँग सम्बन्धित बन्दाबन्दी केही खुकुलो भएसँगै निर्यातमा भएको गिरावट कम हुँदै गएको छ । निर्यातमा मे महिनामा २८ प्रतिशत, जुनमा २६ प्रतिशत र जुलाईमा १९ प्रतिशतले घटेको थियो ।

अगष्टमा निर्यात ४९ अर्ब डलर भएकोमा आयाततर्फ ४७ अर्ब डलरमात्र भएको थियो जसबाट बचत २ अर्ब ४० करोड डलर भएको थियो ।

अगष्टमा अधिकांश श्रेणीका उत्पादनहरूको व्यापारमा गिरावट आएको छ जबकी यातायातका साधनहरूको निर्यात जस्तै सवारी सवारीसाधनको निर्यातमा २३ प्रतिशतले गिरावट आएको छ । तर, कम्प्युटर र फोनको निर्यात बढेको छ ।

दक्षिणपूर्व एशियाली मुलुकहरुतर्फको निर्यातमा निकै कमी आएको छ र यो झण्डै २४ प्रतिशतले घटेको वित्त मन्त्रालयको भनाई छ । कडा प्रतिबन्ध र क्वारेन्टिनका बीच व्यापार र पर्यटन गतिविधि सुस्त भएकाले पनि निर्यात घटेको हो ।

व्यापार बचत बढाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने तेल, ग्यास र अन्य ईन्धनको आयातमा ४५ प्रतिशतले घटेको छ । समग्रमा, आयात निरन्तर १६ महिनादेखि घट्दोक्रममा रहेको छ ।

क्यापिटल इकनामिक्सका टम लियरमाउथका अनुसार पछिल्ला कमजोरीका बाबजूद निर्यातका लागि माग बढ्न थालेको छ ।

प्रकाशित मिति : ३१ भदौ २०७७, बुधबार  ६ : ०५ बजे

नतिजामुखी भएर काम गर्न कर्मचारीलाई सञ्चारमन्त्रीको निर्देशन

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले मन्त्रालय र

अन्नपूर्ण क्षेत्रमा लेक लागेर एक वर्षमा २५ पर्यटकको मृत्यु

गण्डकी । अन्नपूर्ण पदमार्गमा पुगेकामध्ये २५ जना पर्यटकको लेक लागेर

पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छ : नेता आङ्देम्बे

चितवन । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले नेताहरुले

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

काठमाडौं । बितेका २४ घण्टामा स्याङ्जा, सप्तरी, मकवानपुर, रौतहट र

प्रतिपक्ष दलद्वारा राष्ट्रियसभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता

काठमाडौं । मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारीबारे गृहमन्त्री सुधन गुरुङको