२६ बैशाख २०८३, शनिबार | May 9, 2026

स्वास्थ्यमन्त्रीमा सिफारिस भएकी संगीता मिश्राको नाम होल्डमा



काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्यमन्त्रीमा सिफारिस गरेकी डा. संगीता मिश्राको नाम तत्कालका लागि होल्डमा राखिएको छ छ।

राष्ट्रपति कार्यालयका अनुसार आइतबार राति पठाइएका पाँच जना मन्त्रीको नाममध्ये मिश्राको नाम होल्डमा राखिएको हो।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार मिश्राविरुद्ध अख्तियारमा दर्ता भएको भ्रष्टाचारसम्बन्धी मुद्दाका कारण उनलाई तत्काल मन्त्रीमा नियुक्त नगर्ने निष्कर्षमा प्रधानमन्त्री सुशीला कार्की पुगेकी हुन् । मिश्राले भने स्वास्थ्यमन्त्री बन्ने सम्भावना बढेपछि आइतबार नै अतिरिक्त सचिवबाट राजीनामा दिएकी थिइन् ।

अब सरकारले नयाँ नाम सिफारिस गर्ने वा यही नामलाई सच्याएर अघि बढाउने भन्ने विषयमा परामर्श भइरहेको स्रोतले जनाएको छ।

प्रधानमन्त्री कार्कीले डा. मिश्रासहित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा महावीर पुन, उद्योग वाणिज्य तथा आपूर्ति र भूमिसुधार मन्त्रीमा पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, कृषिमन्त्रीमा डा. मदन परियार र सञ्चार, सूचना तथा प्रविधि मन्त्रीमा जगदीश खरेललाई सिफारिस गरेकी थिइन् ।

प्रकाशित मिति : ६ आश्विन २०८२, सोमबार  १० : ३० बजे

पहाड र हिमालमा मध्यम वर्षा/हिमपात, तराईमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

काठमाडौं । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायूको साथै

यार्सा सिजन सुरु भएसँगै अपी हिमालका विद्यालय १५ दिन बन्द

दार्चुला । दार्चुलाको अपी हिमाल गाउँपालिकामा यार्सागुम्बा सङ्कलनको सिजन सुरु

प्रगतिशील सङ्गीत उत्सवः नौ बुँदे घोषणापत्र जारी

काठमाडौं । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान काठमाडौँको आयोजनामा

अस्थायी बसोबासमा नयाँ सहारा : खरिपाटी ‘होल्डिङ सेन्टर’ मा सुकुमवासीहरूको दैनिकी

काठमाडौँ । भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्र अस्थायी

बाँकेको नरैनापुरमा छोटी भन्सार सञ्चालनमा आउँदै

नेपालगन्ज । द्वन्द्वकालमा बन्द रहेको बाँकेको नरैनापुरस्थित छोटी भन्सार कार्यालय