११ जेष्ठ २०८३, सोमबार | May 25, 2026

उद्योगमन्त्री सिन्हाद्वारा पदबहाली, पुनःनिर्माणमा देशमै उत्पादित सामाग्रीको प्रयोग गर्न निर्देशन



काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले सिंहदरबारस्थित मन्त्रालयमा पदबहाली गरेका छन । पदबहालीपछि उनले जेनजी आन्दोलनका क्रममा क्षति भएका भवन निर्माण गर्दा सकेसम्म स्वदेशी सामाग्री नै प्रयोग गर्नेसम्बन्धी पहिलो निर्णयमा हस्ताक्षर गरे ।

त्यस अवसरमा उनले पुननिर्माण गर्दा केही महङ्गो भए पनि स्थानीय उत्पादन नै प्रयोग गर्न प्रोत्साहन गर्ने नीति सरकारको रहेको बताए । मन्त्री सिन्हाले उद्योग व्यवसायलाई सहजीकरण नगरीकन देशमा आर्थिक उन्नति गर्न नसकिने भन्दै यो कदमले केही हदसम्म उद्यम विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

उनले भने, “अहिलेको मूल उद्देश्य भनेको तत्कालका लागि घाइते र सहादत प्राप्त गर्नेहरूका परिवारलाई रोजगारीको अवसर दिने र युवाको सीप व्यवस्थापनमा जोड दिने हो । युवालाई देशमा बस्ने वातावरण मिलाउन सीप विकास र व्यवस्थापनको आवश्यकता छ । यसमा लाग्छौँ ।”

मन्त्री सिन्हाले अन्तरिम सरकारको पहिलो लक्ष्य स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण तरिकाले चुनाव गराउने र राज्य सञ्चालनको जिम्मा निर्वाचित सरकारलाई हस्तान्तरण गर्ने रहेको प्रष्ट्याए । उनले आगामी चुनावमा नयाँ अनुहारलाई सदनमा देख्न पाउने आशा व्यक्त गरे ।

“छ महिनामा धेरै उपलब्धि हासिल गर्ने आशा नराखौँ । कार्यविधिगत कुरामा सहजीकरण गर्नेका साथै अनलाइन प्रविधिको प्रयोग गर्ने सोचेको छु”, मन्त्री सिन्हाले भने, “जेनजीहरूले दिएको योगदान खेर जान नदिने गरी काम गर्नेछौँ ।”

मन्त्री सिन्हाले सर्वोच्च अदालतको पूर्वन्यायाधीश भएर काम गरिसकेका छन ।

प्रकाशित मिति : ६ आश्विन २०८२, सोमबार  ६ : १८ बजे

सर्वोच्चको आदेश : ‘देउवा दम्पत्तिलाई पक्राउ नगर्नु’

काठमाडौँ । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर

शिक्षामन्त्री पोखरेलसँग राजदूतहरुको शिष्टाचार भेट

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग युरोपेली सङ्घ (इयू)

क्यानद्वारा खेलाडी वर्गीकरण सार्वजनिक – रोहित, दीपेन्द्र, सन्दीप ‘ए प्लस’मा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले सन् २०२६ का लागि

बुटवलमा जेठ १५ र १६ गते दोस्रो जिल्ला स्तरीय खुला पुरुष डोरी तान प्रतियोगिता हुने

बुटवल । नेपाल खेलकुद महासंघ रुपन्देहीको आयोजनामा आगामी जेठ १५

एसईईमा ‘फोर जीपीए’ ल्याउने ४७ विद्यार्थीलाई बुटवल उपमहानगरद्वारा सम्मान

बुटवल । बुटवल उपमहानगरपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा