११ कार्तिक २०८३, बुधबार | October 28, 2026

जवाङ खोलाको पहिरो पन्छाउन अझै घण्टौं लाग्ने, यातायात सेवा अस्तव्यस्त



काठमाडौं । पृथ्वी राजमार्गको नागढुंगा-मुग्लिन सडकखण्डमा पहिरोका कारण गएरातिदेखि यातायात अवरुद्ध बनेको छ ।

धादिङको बेनीघाट रोराङ गाउँपालिका-१० जवाङ खोलामा सोमबार मध्यराति खसेको सुख्खा पहिरो हटाउन अझै करिब पाँच घण्टा लाग्ने भएको सडक योजनाले जनाएको छ।

बिहानतिर पहिरो पन्छाएर बाटो एकतर्फी खोल्ने प्रयास भएपनि फेरि ठूलो पहिरो खस्दा काम प्रभावित भएको हो। अहिले चारवटा उपकरण प्रयोग गरी पहिरो हटाउने प्रयास भइरहेको छ । लगातार पहिरो झरिरहेको हुँदा काम थप चुनौतीपूर्ण बनेको छ।

मध्यरातिदेखि अवरुद्ध हुँदा यात्रुवाहक सवारी साधन सडकमै रोकिएका छन्। यस राजमार्गको विकल्पमा अर्को कुनै सडक पनि छैन जसका कारण ठूला बसमा रहेका यात्रुहरु अलपत्र परेका छन् । केही साना सवारीहरु भने वैकल्पिक रुपमा फुर्केखोला, धादिङबेसी, आरूघाटको लामो, साँघुरो र घुमाउरो सडक प्रयोग गरेका छन् ।

मुग्लिन नारायणघाट सडकखण्डको तुइनखोलामा पहिरो जाँदा ४५ घण्टासम्म अवरुद्ध बनेको सडकमा जवाङ खोलाको पहिरो थप कहर बनेको छ । जसका कारण राजधानी जोड्ने मुख्य राजमार्गमा यातायात प्रभावित भएको छ । जवाङ र तुइन खोलामा दुवैतर्फ अवरोध हुँदा आवागमन अस्तव्यस्त बनेको छ।

तुइन खोलाको पहिरो पनि अझै खतरनाक रहेको छ ।

प्रकाशित मिति : ७ आश्विन २०८२, मंगलबार  ११ : ०५ बजे

परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि फ्रान्सकी नवनियुक्त राजदूत

एकताबद्ध र अनुशासित ढङ्गले अगाडि बढ्दा कार्यकर्तामा उत्साह भर्न सकिन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

३३ अंकले बढ्यो नेप्से, साढे सात अर्बको कारोबार

काठमाडौं ।। साताको तेस्रो कारोबार दिन बुधबार नेप्से परिसूचक उच्च

सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बलबीच बैठक

काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा

शरद् ऋतुमा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

काठमाडौं । शरद् ऋतुमा नेपालका ४४ हिमाल आरोहण गर्न ७६