१० श्रावण २०८३, आइतबार | July 26, 2026

प्लाज्मा थेरापीबाट उपचारका गरिएकी कोरोना संक्रमित महिलाको मृत्यु



कैलाली । सेती प्रादेशिक अस्पतालको कोरोना अस्पतालमा उपचाररत एक महिलाको कोरोनाबाट मृत्यु भएको छ ।

धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा ५७ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिए ।

कैलालीमा पहिलो पटक प्लाज्मा थेरापी गरिएकी कोरोना संक्रमित महिलाको उपचारका क्रममा बुधबार मृत्यु भएको हो ।

श्रेष्ठका अनुसार भदौ १७ गते कोरोना संक्रमण पुष्टि भएकी उनलाई श्वास प्रश्वासमा समस्या आएपछि भदौ १९ गते अस्पतालमा भर्ना गरिएको थियो । उपचारको क्रममा परीक्षण गर्दा महिलामा सुगर र थाइरोइडको समेत समस्या देखिएको उनले बताए ।

विगत एक हप्तादेखि भेन्टिलेटरमा राखेर उपचार गरिए पनि उनलाई बचाउन नसकिएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।

योसँगै सुदूरपश्चिममा कोरोनाबाट मृतकको संख्या १५ पुगेको छ।

प्रकाशित मिति : ३१ भदौ २०७७, बुधबार  ८ : ३९ बजे

जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउनुपर्छ : उपेन्द्र यादव

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले जलसम्पदालाई

सरकारी वार्ता टोली र डा. गोविन्द केसी पक्षबीच वार्ता

धनगढी । कैलालीको धनगढीमा अनशनरत डा गोविन्द केसी पक्षसँग नेपाल

रोल्पामा पहिरोमा पुरिएर बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ । रोल्पामा पहिरोमा पुरिएर बेपत्ता भएका दुई जनाको शव

भारतीय बिरामीको उपचार गन्तव्य बन्दै भरतपुर आँखा अस्पताल ठोरी

चितवन । नेपालको सीमावर्ती गाउँमा सञ्चालनमा रहेको एउटा आँखा अस्पताल

लुम्बिनी प्रदेश सरकारबाट कांग्रेस बाहिरियो, पाँच मन्त्रीहरूले बुझाए संसदीय दलमा सामूहिक राजीनामा

बुटवल । लुम्बिनी प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका पाँच मन्त्रीले