काठमाडौं । ‘जेनजी’ आन्दोलनका क्रममा भदौ २४ गते महाराजगन्जस्थित प्रहरी वृत्तका दुई प्रहरीको हत्या गरेको अभियोगमा एक व्यक्ति पक्राउ परेका छन् ।
प्रहरीको विशेष टोलीले काभ्रेका युवराज क्यापछाकीलाई नियन्त्रणमा लिएको हो । उनलाई कर्तव्य ज्यान मुद्दामा अनुसन्धान थालिएको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।
जेनजी प्रदर्शनको आडमा बिध्वंस मच्याउँदै हिँडेको अराजक समुहले प्रहरी कर्मचारी मिलन राय र उत्तम थापामाथि सांघातिक कुटपिट गरेर हत्या गरिएको थियो । सो घटनामा संलग्न रहेको आधारमा एकजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले घटनास्थलको तस्बिर र भिडियोका आधारमा अनुसन्धान जारी राखेको छ । प्रदर्शनका बेला तोडफोड, आगजनी र लुटपाटमा संलग्नहरूमाथि समेत कानुनी कारबाही अघि बढाइएको छ ।


















प्रतिक्रिया