१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

पेरिस अदालतले सार्कोजीमाथि गद्दाफीको अवैध अभियान वित्तपोषण मुद्दामा फैसला सुनाउँदै



पेरिस । पेरिसको अदालतले बिहीबार फ्रान्सका पूर्वराष्ट्रपति निकोलस सार्कोजीमाथि सन् २००७ को राष्ट्रपति चुनाव अभियानमा तत्कालीन लिबियाली नेता मुअम्मर गद्दाफीको सरकारबाट अवैध आर्थिक सहयोग प्राप्त गरेको आरोपसम्बन्धी फैसला सुनाउँदैछ ।

यदि दोषी ठहर भएमा ७० वर्षीय सार्कोजी अवैध विदेशी कोष स्वीकार गरी पद जित्ने पहिलो पूर्वराष्ट्रपति हुन । उनले यस वर्षको सुरुआतमा तीन महिनासम्म चलेको सुनुवाइमा तीन पूर्वमन्त्रीसहितका ११ सह-प्रतिवादीहरूसँगै सबै आरोप अस्वीकार गरेका थिए ।

धेरै कानूनी घोटालाले आफ्नो राजनीतिक विरासतलाई धुमिल बनाए पनि सार्कोजी गायक–मोडेल कार्ला ब्रुनीसँगको विवाहका कारण फ्रान्सको दक्षिणपन्थी राजनीति र मनोरञ्जन सर्कलमा अझै प्रभावशाली छन । दोषी ठहर भए पनि उनले अपिल गर्न सक्नेछन, जसले सजाय कार्यान्वयनलाई स्थगित गर्नेछ। अभियोजनकर्ताले सात वर्षसम्मको जेल सजाय माग गरेका छन् ।

– लिबियाली पैसाको दाबी –

लिबियाली सञ्चारमाध्यम र गद्दाफी आफैँले सार्कोजीको अभियानमा करोडौँ युरो गोप्य रूपमा खर्च गरेको दाबी गरेपछि यी आरोपको जरा सन् २०११ मा देखियो ।

सन् २०१२ मा अनुसन्धानात्मक मिडियापार्टले पाँच करोड युरो कोष सम्झौतासम्बन्धी लिबियाली गुप्तचर मेमो प्रकाशित गर्यो । सार्कोजीले कागजातलाई नक्कली भन्दै मानहानि मुद्दा दायर गरे तर फ्रान्सेली मजिस्ट्रेटहरूले यसलाई प्रामाणिक देखिने बताएका थिए ।

अनुसन्धानमा सन् २००५ देखि सन् २००७ को बीचमा सार्कोजी गृहमन्त्री हुँदा उनका सहायकहरूसँग लिबियाली प्रतिनिधिहरूको भेटघाटलाई पनि जोडिएको थियो ।

सन् २०१६ मा व्यापारी जियाद ताकिडाइनले त्रिपोलीबाट नगदले भरिएका सुटकेसहरू फ्रान्स ल्याएको बताएका थिए, तर पछि बयान फिर्ता लिए । यही घटनाले साक्षी छेडछाडसम्बन्धी छुट्टै अनुसन्धानलाई जन्म दियो । ताकिडाइनको मङ्गलबार बेरुतमा ७५ वर्षको उमेरमा निधन भएको छ ।

– मुद्दामा आरोप र प्रतिशोधको दाबी –

सार्कोजीलाई निष्क्रिय भ्रष्टाचार, अवैध अभियान वित्तपोषण, सार्वजनिक कोष दुरुपयोग लुकाउने र आपराधिक सङ्गठनसम्बन्धी आरोपमा मुद्दा चलाइएको हो । अभियोजनकर्ताले उहाँलाई गद्दाफी शासनसँगको ‘भ्रष्टाचार सम्झौता’ बाट फाइदा लिएको आरोप लगाएका छन् ।

गद्दाफीलाई सन् २०११ को विद्रोहमा अपदस्थ गरी मारिएको थियो । सार्कोजी त्यतिबेला लिबियामाथि सैन्य हस्तक्षेप गर्न दबाब दिने पहिलो पश्चिमी नेतामा पर्छन । उनले यी सबै आरोपलाई ‘गद्दाफी कुल र झुट बोल्नेहरूद्वारा मञ्चित षड्यन्त्र’ भन्दै खारेज गरेका छन । उनका अनुसार गद्दाफीलाई हटाउन पहल गरेको प्रतिशोधस्वरूप आफूमाथि मुद्दा लगाइएको हो ।

– अन्य कानूनी धक्कापछि –

जुनमा अर्कै मुद्दामा दोषी ठहर भएपछि फ्रान्सको सर्वोच्च सम्मान ‘लिजन अफ अनर’ सार्कोजीबाट खोसिएको थियो । यसअघि सन् २०१४ मा उनले घुस दिने प्रयास गरेको अभियोगमा दोषी ठहर भई एक वर्षको निगरानी सजाय पाएका थिए ।

गत वर्ष भने असफल सन् २०१२ को पुनःनिर्वाचन अभियानमा खर्च सीमा नाघेको आरोपमा एक वर्षको जेल सजाय सुनाइएको थियो । यसको आधा भाग निलम्बन गरिएको छ । उनले त्यो फैसलामाथि पनि सर्वोच्च अदालतमा अपिल गरेका छन ।

प्रकाशित मिति : ९ आश्विन २०८२, बिहिबार  ४ : ३२ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले