२५ असार २०८३, बिहिबार | July 9, 2026

सञ्चारमन्त्री खरेलद्वारा जनेजी प्रदर्शनका घाइतेसँग भेट



काठमाडौं । सञ्चार तथा सूचनाप्रविधिमन्त्री जगदीश खरेलले जेनजी प्रदर्शनका घाइतेहरुसँग भेट गरेका छन । त्रिवि शिक्षण अस्पतालमा उपचाररत घाइते र उनीहरुका अभिभावकसँग मन्त्री खरेलले आज भेट गरेका हुन ।

अस्पतालमा पुगरे घाइतेहरुको स्वास्थ्य अवस्थाबारे चिकित्सकसँग जानकारी लिँदै उपचारमा कुनै कसूर बाँकी नराख्न उनले आग्रह गरे । घाइतेहरुको स्वास्थ्य लाभको कामना गर्दै उनले घाइतेहरुका पक्षमा भविष्यमा के गर्न सकिन्छ भन्ने विषयमा सरकार गम्भीर रहेको बताए । मन्त्री खरेलले जेनजी प्रदर्शनको जगमा बनेको सरकारले सहिद र घाइतेहरुको मागअनुसार काम गर्ने प्रतिबद्धता जनाए ।

“अहिलेको हाम्रो प्राथमिकता घाइते भएका सबै जना छिटो निको भई घर फर्किनुहोस भन्ने हो । त्यसपछि सहिद र घाइतेका पक्षमा भविष्यमा केके गर्न सकिन्छ, हामी सोच्दैछौँ”, मन्त्री खरेलले भने, “हामी सबै मन्त्रीहरु एकै पटक आएका छैनौँ । फरक फरक समयमा आएर घाइतेहरुको अवस्था बुझिरहेका छौँ । यसो गर्दा घाइतेहरुको पछिल्लो अवस्थाबारे जानकारी लिनसँगै मन्त्रिपरिषद्मा यस विषयमा खबर पुर्याउने हाम्रो उद्देश्य हो ।”

आफूहरुलाई भेट्न अस्पतालको शय्यासम्म आइपुग्नु भएका मन्त्री समक्ष घाइतेहरुले सबै जनेजीको योगदानलाई स्मरण गर्दै मागहरुको कार्यान्वयन गर्न सुझाव दिएका छन् । जेनजी प्रदर्शनमा घाइते भएका रवि भण्डारीले जेनजीको बलिदानलाई नबिर्सिन आग्रह गरे ।

“आन्दोलनमा सहादत प्राप्त गर्नेहरुको योगदानलाई खेर जान नदिन देशलाई निकास दिनुप(यो”, सिन्धुलीका २९ वर्षीय भण्डारीले मन्त्री खरेलसमक्ष भने, “म परिवारको जेठो छोरो हुँ । मैले पठाओे गरेर परिवारको जिम्मेवारी सम्हाल्दै आएको थिएँ । अहिले म अस्पतालको शय्यामा छु । मेरो भविष्यसँगै परिवारको आर्थिक अवस्था धराशयी भएको छ ।”

सोही अस्पतालमा उपचाररत १८ वर्षीय सुनिल थापाकी आमा कुसुदेवी थापाले घाइतेको पक्षमा सरकारबाट सहयोगको अपेक्षा राखे । “जापान जाने तयारीमा थियो छोरो । अहिले हिँडडुल गर्न नसक्ने अवस्थामा छ”, आमा कुसुदेवीले भने, “छोरोलाई हिँड्नसक्ने बनाइदिनुप(यो । घाइतेहरुका लागि सरकारले केही गर्दिनुप(यो ।”

जेनजी प्रदर्शनमा घाइते भई अस्पताल पुगेका दुई हजार ३१६ जनामध्ये उपचार पश्चात दुई हजार २१२ जना घर फर्किसकेका छन् । बाँकी घाइतेहरु विभिन्न १८ अस्पतालमा उपचाररत छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकाअनुसार उपचाररत घाइतेहरुको सङ्ख्या ५६ रहेको छ । त्रिवि शिक्षण अस्पतालमा मात्रै हाल सात घाइते उपचाररत छन् ।

प्रकाशित मिति : १० आश्विन २०८२, शुक्रबार  २ : ३२ बजे

निर्माण क्षेत्रका समस्या समाधान गर्न सरकार सकारात्मक छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले निर्माण क्षेत्रका समस्या, यसको प्रवर्द्धन,

प्रतिनिधिसभा नियमावलीविरुद्ध कांग्रेस सर्वोच्चमा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभा नियमावली, २०८३

लुम्बिनी प्रदेशसभाबाट थारू विधेयक सर्वसम्मत रूपमा पारित

दाङ । लुम्बिनी प्रदेशसभाले ‘थारू समुदायका प्रथाजनित परम्पराको संरक्षण तथा

जरिवाना नतिर्ने दुई लाखभन्दा बढी चालकको सेवा रोक्का

काठमाडौँ । दुई लाख ६१ हजारभन्दा बढी सवारीचालकले जरिवानावापतको रकम

संविधान संशोधन कार्यदलबाट एमाले पनि बाहिरियो

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले संविधान संशोधनको बहसका लागि