३२ असार २०८३, बिहिबार | July 16, 2026

माछापुच्छ्रे बैंकको २७ औँ वार्षिक साधारण सभा सम्पन्न



काठमाडौ । माछापुच्छ्रे बैंकको २७औँं वार्षिक साधारण सभा पोखरामा सम्पन्न भएको छ ।

उक्त साधारण सभाले बैंकको आर्थिक बर्ष २०८१/८२ को बार्षिक प्रतिबेदन पारित गर्नुका साथै आर्थिक बर्ष २०८१/८२ को खुद मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई चूक्ता पूँजीको ८ प्रतिशत लाभांश (कर सहित) वितरण गर्र्र्नेे प्रस्ताव पारित गरेको छ । जसमध्ये, चुक्तापूँजीको ४ प्रतिशत नगद र ४ प्रतिशत बोनस शेयर गरी जम्मा ८ प्रतिशत (कर सहित) प्रदान गर्ने प्रस्ताव पारित गरेको हो ।

माछापुच्छ्रे बैंक चालु आर्थिक वर्षमा वार्षिक साधारण सभा सम्पन्न गर्ने र लाभांश वितरण गर्ने पहिलो बैंक बन्न सफल भएको छ । बैंकले उक्त नगद लाभांश दशै अगाडी नै सम्बन्धित शेयरधनीको खातामा पठाइसक्ने छ । बोनस शेयर वितरण पश्चात बैंकको कुल चुक्ता पूँजी १२ अर्व ८ करोड पुग्नेछ । बैंकले गत आर्थिक वर्षमा १ अर्ब ८८ करोड रुपैंया खुद नाफा गरेर प्रतिशेयर आम्दानी १६ रुपैंया २१ पैसा कायम गरेको थियो ।

होटल पोखरा ग्राण्ड, पोखरामा सम्पन्न उक्त साधारण सभामा संस्थापक एंव साधारण शेयरधनीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

 

प्रकाशित मिति : १० आश्विन २०८२, शुक्रबार  ५ : १९ बजे

पुराना सबै स्मार्ट लाइसेन्स छपाइ सम्पन्न, नयाँ २४ घण्टाभित्रै

काठमाडौं । लामो समयदेखि छपाइ हुन बाँकी रहेका सवारी चालक

धादिङको जवाङखोलामा सुक्खा पहिरो, पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० स्थित जवाङखोलानजिक

पूर्वअर्थमन्त्री विष्णु पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, २० करोड ९० लाख बिगो दाबी

काठमाडौं । पूर्वअर्थमन्त्री तथा नेकपा ९एमाले० का उपाध्यक्ष विष्णु पौडेलविरुद्ध

बागमती प्रदेशमा पत्रकारलाई उपचारमा सहुलियत

बागमती । बागमती प्रदेश सरकारले बागमती प्रदेशका पत्रकारलाई प्रदेश अस्पतालबाट

परराष्ट्रमन्त्रीसँग अतिरिक्त सचिव महावरको शिष्टाचार भेट

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालसँग भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव