काठमाडौँ । एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक भएको छ । वैशाखमा सञ्चालित वार्षिक परीक्षामा दुई विषयसम्म ‘नन ग्रेडेड’प्राप्त गरेका वा अनुपस्थित भएका विद्यार्थीहरूका लागि बोर्डले संचालन गरेको पूरक परीक्षाको नतिजा सार्वजनिक भएको हो ।
राष्ट्रिय परीक्षा बोर्डले शनिबार प्रकाशित गरेको नतिजाअनुसार परीक्षामा सहभागी भएका १ लाख ४३ हजार २५७ परीक्षार्थीमध्ये ८३ हजार ५६४ परीक्षार्थी उत्तीर्ण भएका छन् । पूरक परीक्षामा ५९ हजार ६९३ जना अनुत्तीर्ण अर्थात् अवर्गीकृत भएको बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिएका छन् ।
परीक्षा साउन २९ देखि भदौ ६ गतेसम्म सञ्चालन भएको थियो । गत वैशाखमा सञ्चालित वार्षिक परीक्षामा दुई विषयसम्म ‘नन ग्रेडेड’प्राप्त गरेका वा अनुपस्थित भएका विद्यार्थीहरूका लागि बोर्डले पूरक परीक्षाको अवसर दिएको हो।


















प्रतिक्रिया