४ बैशाख २०८१, मंगलबार | April 16, 2024

पूर्वी नवलपरासीमा १२ सहित गण्डकीमा थपिए २३ नयाँ संक्रमित



कावासोती । गण्डकी प्रदेशमा बिहीबार बिहान थप २३ जना कोरोना संक्रमित थपिएका छन् ।

थपिएका मध्ये सबैभन्दा धेरै पूर्वी नवलपरासीका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जारी गरेको पछिल्लो तथ्यांकअनुसार पूर्वी नवलपरासीमा १२ जना संक्रमित थपिएका हुन् ।

चितवन मेडिकल कलेज भरतपुरमा गरिएको परीक्षणका क्रममा थप १२ जनामा कोरोना पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

पूर्वी नवलपरासीमा थपिएका संक्रमित सबैभन्दा धेरै गैडाकोट नगरपालिकाका रहेका छन । गैडाकोट नगरपालिका वडा नं १, २, ४, ८, १० र १३ का गरी ७ जनामा कोरोना पुष्टि भएको छ ।

त्यसैगरी जिल्लाकै मध्यविन्दुु र देवचुली नगरपालिकामा २/२ जनामा संक्रमण देखिएको छ । त्यस्तै कावासोती नगरपालिकाका १ जनामा पनि संक्रमण पुष्टि भएको छ ।

चितवन मेडिकल कलेजमै गरिएको परीक्षणमा तनहुँ आबुँखैरेनीका १ जनामा पनि संक्रमण पुष्टि भएको छ ।

यसैगरी पोखरास्थित क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा पोखरा महानगरपालिकाका ४ जना, बागलुङका ४ जना र गोरखाका २ जनामा संक्रमण पुष्टित भएको छ ।

बागलुङको बागलुङ नगारपालिका वडा नं. ६,१० र १३ का ३ जना र तमानखोला १ का १ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै, गोरखाको अजिरकोट र बारपाक सुलिकोटका एक एक जना रहेका छन् ।

यससँगै गण्डकीमा कूल संक्रमितको संख्या ३ हजार २ सय १ पुगेको छ ।

 

प्रकाशित मिति : १ आश्विन २०७७, बिहिबार  ८ : ५१ बजे

सुदूरपश्चिममा एकीकृत समाजवादीको यूटर्न, लक्ष्मणकिशोरलाई दिएको समर्थन फिर्ता

धनगढी । सुदूरपश्चिममा एकीकृत समाजवादीले यस अघि लक्ष्मणकिशोर चौधरीलाई दिएको

कतारले साउदी अरेबियालाई हराएपछि नेपाल बन्यो समुह विजेता

काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत कतारले साउदी अरेबियालाई पराजित

जरिवाना तिर्न ट्राफिक कार्यालय जानुपर्ने बाध्यता हट्दै

काठमाडौं । ट्राफिक नियम उल्लङ्घनबापत जरिवाना तिर्न सेवाग्राहीलाई ट्राफिक कार्यालयसम्म

नेप्से परिसूचक आज पनि ओरालो लाग्यो

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज

कानुनको सफल कार्यान्वयनबाट मात्रै सुशासनः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कानुनको सफल कार्यान्वयनबाट मात्रै