८ पुस २०८२, मंगलबार | December 24, 2025

यसवर्ष हिले दशैं हुने पूर्वानुमान



काठमाडौं । जल तथा मौसम विज्ञान विभागले यस वर्षको दशैंको टीकाको दिनमा पानी पर्ने सम्भावना रहेकोे जनाएको छ । विभागले आज दशैं विशेष मौसम बुलेटिन जारी गर्दै दशैंको टीकाको दिनमा पनि पानी पर्ने सम्भावना रहेको जनाएको हो ।

विभागले अष्टमी, नवमी र दशमी (असोज १४, १५ र १६ गते) को मौसम आँकलन गरेर आज साँझ विशेष बुलेटिन सार्वजनिक गर्दै अष्टमी र नवमीको दिनको तुलनामा दशैंको टीकाको दिन पानी पर्ने बढी सम्भावना रहेको औंल्याएको छ ।

यस वर्षको दशैं अवधिभर मनसुनी वायुको प्रभाव रहिरहने भन्दै विभागले मौसमको अध्यावधिक जानकारी लिई आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध समेत गरेको छ ।

विभागले जारी गरेको विशेष बुलेटिनमा दशैंको टीकाको दिनमा बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका पहाडी तथा कोशी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानहरूमा साथै मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पूर्वानुमान गरेको छ ।

विभागका अनुसार असोज १५ गते नवमीको दिन कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानहरू हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

यसैगरी असोज १४ गते अष्टमीको बागमती र गण्डकी प्रदेशका पहाडी तथा कोशी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना औंल्याइएको छ ।

नेपालमा हाल मनसुन वायुको प्रभाव केही कमजोर रहे पनि नेपालबाट मनसुन बहिर्गमन भइनसकेको विभागले जनाएको छ । विभागका अनुसार हालको मौसम विश्लेषण अनुसार यस वर्षको दशैं अवधिभर मनसुनी वायुको प्रभाव रहिरहने देखिन्छ ।

नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ र बाहिरिने मिति अक्टोबर २ तारिख हो । तर मनुसन भित्रिने र बाहिरिने दिन प्रत्येक वर्ष फरक–फरक पर्दै आएको छ । यस वर्ष मनसुन बाहिरिने सरदर मिति अक्टुबर २ को दिन नै दशैंको टीका परेको छ ।

यस्तो रहने छ अष्टमी, नवमी र दसैंको दिनको मौसम :

असोज १४ (अष्टमी) : बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा कोशी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

असोज १५ (नवमी) : कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानहरू हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

असोज १६ (दशमी) : बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका पहाडी तथा कोशी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानहरूमा साथै मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति : ११ आश्विन २०८२, शनिबार  ९ : ३९ बजे

खजुरामा निःशुल्क आँखा तथा कान स्वास्थ्य शिविर : ४८९ जनाले लिए सेवा

खजुरा । बाँकेको खजुरामा निःशुल्क आँखा तथा कान स्वास्थ्य शिविर

यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक

कास्की । पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा यात्रुमाथि अमर्यादित व्यवहार गर्ने ट्याक्सी

बुटवलको मेलामा विषादी बहस : घरघरका भान्छामा विष पाक्दै, नियामक निकाय मुकदर्शक

बुटवल । नियामक निकाय कमजोर भएकाले हरेका उपभोक्ताको भान्छामा विष

बुटवलमै पहिलो पटक ‘डिजाईन च्यालेन्ज वर्कसप’ क्याननमा

बुटवल । क्यानन माध्यमिक विद्यालयले बुटवलमै पहिलो पटक ‘डिजाईन च्यालेन्ज

स्कलर्स होमको ३४ औँ स्थापना दिवसमा १२ जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिता हुँदै

बुटवल । स्कलर्स होम सेकेण्डरी स्कुलले आफ्नो ३४ औँ स्थापना