२० बैशाख २०८३, आइतबार | May 3, 2026

नवरात्रको छैटौँ दिन आज देवी कात्यायनीको पूजा आराधना



काठमाडौं । बडादशैँ अन्तर्गत नवरात्रको छैटौँ दिन आज देवी कात्यायनीको पूजा आराधना गरी मनाइँदै छ । अष्टमातृका भगवतीको छैटौँ शक्तिका रूपमा कात्यायनीको पूजा गर्ने परम्परा रहँदै आएको छ ।

नवरात्रको छैटौँ दिन: देवी कात्यायनीको पूजा आराधना

पुराण अनुसार, त्रिलोकमा आतङ्क मच्चाएका महिषासुरको वधका लागि ब्रह्मा, विष्णु र महेश्वरको तेजबाट उत्पन्न भएकी देवी कात्यायनीले आश्विन शुक्ल सप्तमीदेखि नवमीसम्म पूजा ग्रहण गरेर दशमीका दिन महिषासुरको संहार गरेकी थिइन् । त्यसपछि उनी धर्म र न्यायको प्रतीकका रूपमा प्रतिष्ठित भएकी छन् ।

देवी कात्यायनीलाई चार हातका साथ सिंह वाहिनी स्वरूपमा चित्रण गरिएको छ । उनको वर्ण स्वर्ण जस्तै तेजिलो छ। दाहिने हातमा अभय र बर मुद्रा रहँदा देब्रे हातमा तरबार र कमल पुष्प सुशोभित छ । उनीलाई अमोघ फलदायिनीका रूपमा मानिन्छ ।

नवरात्र साधनामा छैटौँ दिन भक्तजनले आत्मदान गर्दै सहज भावले देवीको दर्शन गर्ने मान्यता छ। यस दिन बेलको फेदमा बसेर जागरण गर्ने प्रचलनसमेत छ। विश्वास छ, कात्यायनीको भक्तिद्वारा अर्थ, धर्म, काम र मोक्ष प्राप्त गर्न सकिन्छ ।

समकालीन सन्दर्भमा पनि देवी कात्यायनीलाई नारी सशक्तीकरण, आत्मबल र सामाजिक न्यायको प्रतीकका रूपमा लिइन्छ ।

काठमाडौं उपत्यकासहित देशभरका शक्तिपीठहरू(गुह्येश्वरी, दक्षिणकाली, कालिकास्थान, मैतीदेवी, इन्द्रायणी, तलेजु भवानी, विजेश्वरी, शोभा भगवती, नक्साल भगवती र भद्रकालीमा आज विशेष पूजा आराधना भइरहेको छ । दशैँमा नौ दिनसम्म दशैंघर र शक्तिपीठमा दुर्गा भगवतीको पूजा अर्चना गर्ने परम्परा छ ।

पूजा सामाग्री :

देवीको प्रतिमा वा चित्र, आशन (रातो कपडा), फूल (रातोफूल वा कमल फूल), कलश (तामा, पितल वा माटोको), नरिवल, पञ्चपल्लव (बर, पिपल, समी, आँप, डुम्री), शुद्ध जल वा गंगा जल, अक्षता, दुवो, पान, सुपारी, बेसार, फलफूल, नैवेद्य (रातो), धूप, बत्ती, चन्दन,अबिर, पञ्चामृत (दूध, दही, घिउ,मह, सख्खर), घण्टी, आरतीको लागी थाल आदी सामाग्री तयार पार्नुपर्दछ ।

पूजन विधि :

ब्रहा मुहूर्तमा उठी नित्य कर्म सकी शुद्ध भएर राता रङ्गको कपडा लगाएर पूजा कोठा सफा गरी शुद्ध जल वा गंगाजल छर्कनु पर्दछ । त्यसपछि कात्यायनी माताको प्रतिमा राख्नुपर्दछ । सर्वप्रथम दियो बालेर दियोको पूजा गर्नुपर्दछ । कलश पूजा पछि देवीलाई सौभाग्यसुत्र, चन्दन, बेसार, सिन्दूर, दुबो, बेलपत्र, आभूषण, पुष्प, सुगन्धित द्रव्य, धूप-दीप, नैवेद्य, फल, पान, सख्खर, दक्षिणा, पञ्चामृत चढाउनु पर्दछ । ॐ देवी कात्यायन्यै नमः यो मन्त्रको जप गर्नुपर्दछ । प्रदक्षिणा मन्त्र र वन्दना श्लोक पढ्ने । वन्दना श्लोक पछि मातालाई राता फलफूल तथा प्रसाद चढाउने र माता स्तोत्र पाठ गर्ने, पूजा सकिएपछि आरती गर्ने .(दीप र कपुर जलाएर), प्रसाद वितरण गरी आफूले पनि ग्रहण गर्ने र शान्तिपूर्वक समय बिताउनु पर्दछ ।

प्रकाशित मिति : १२ आश्विन २०८२, आइतबार  ८ : २३ बजे

सबै कम्युनिस्ट एकताबद्ध भएर क्रान्तिको सपना पूरा गर्छौ : प्रचण्ड

रुकुम पश्चिम । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री

एमालेमा डिजिटल सदस्यता प्रणाली लागू, नविकरण नगरे जिम्मेवारीबाट मुक्त

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टी सदस्यता व्यवस्थापनलाई

स्थानान्तरण प्रक्रियामा छुटेका नागरिकलाई सम्पर्कमा आउन आग्रह

काठमाडौँ । सहरी विकास मन्त्रालयले काठमाडौँको बागमती र सहायक नदी

कपनका साततले, पाथीभरा, तेन्जिङ चोकका अतिक्रमित संरचना धमाधम हटाइँदै

काठमाडौं । काठमाडौं उपत्यकाका वाग्मती र त्यसका सहायक नदी तथा

धोबीखोलाको साततले घर डोजरले कोपरेर मात्र छोडियो

काठमाडौं । सरकारले सुकुम्बासी तथा अव्यवस्थित बसोबासी बस्तीमाथि डोजर चलाइरहेका