२० मंसिर २०८२, शनिबार | December 6, 2025

नेपाली क्रिकेट टिमले संकटको घडीमा आशा र उत्साह जगायो : अध्यक्ष प्रचण्ड



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले त्रिदिवसीय सिरिजमा लगातार दुई खेल जितेकोमा नेपाली खेलाडीहरुलाई बधाई ज्ञापन गरेका छन् । सामाजिक सञ्जाल मार्फत बधाई ज्ञापन गर्दै अध्यक्ष प्रचण्डले संकटको घडीमा आशा र उत्साह जगाउने यो ऐतिहासिक प्रदर्शनले नेपालको छवि र गौरवलाई नयाँ उचाइमा पुर्‍याएको उल्लेख गरेका छन् ।

‘दुई पटकको विश्वकप विजेता तथा टेस्ट मान्यता प्राप्त वेस्ट इन्डिज टिमसँगको त्रिदिवसीय सिरिजमा लगातार दुई खेल जित्दै सिरिज कब्जा गर्न सफल भएकोमा नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई हार्दिक बधाई।’ प्रचण्डले लेखेका छन् ।

उनले आफु नेतृत्वको सरकारले राष्ट्रिय गौरवका आयोजनाका रूपमा अघि बढाएका रंगशालाहरूको पूर्वाधार निर्माण कार्यलाई अझ प्राथमिकताका साथ अघि बढाउन सरकारको ध्यानाकर्षण पनि गराएका छन् । ‘फेरि पनि — राष्ट्रिय क्रिकेट टिम नेपाल, तपाईं हामी सबैको अभिमान र गौरव, हार्दिक बधाई !’ प्रचण्डले लेखेका छन् ।

प्रकाशित मिति : १४ आश्विन २०८२, मंगलबार  १२ : ०६ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले