२० मंसिर २०८२, शनिबार | December 7, 2025

कांग्रेसको चेतावनी : दण्डहीनता र राजनीतिक प्रतिशोध सैह्य हुँदैन



काठमाडौं । नेपाली कांग्रेसले देशमा दण्डहीनता र राजनीतिक प्रतिशोधलाई आधार बनाएर सरकारले प्रतिपक्षी दलमाथि आक्रमण गरिरहेको आरोप लगाएको छ।

नेपाली कांग्रेस केन्द्रीय कार्यलयद्वारा बुधबार जारी प्रेस विज्ञप्तिमा हालै सरकारका तर्फबाट विभिन्न ठाउँमा भएको गतिविधि लोकतन्त्र, विधिको शासन र नागरिक स्वतन्त्रताको मूल्य–मान्यतामाथि प्रहार गर्ने खालको भएको उल्लेख गरिएको छ। पार्टीले राष्ट्रपतिदेखि संसद् र संवैधानिक निकायहरूमाथि सरकार स्वयंले आक्रमण गरिरहेको भन्दै गम्भीर चिन्ता व्यक्त गरेको छ।

विज्ञप्तिमा भनिएको छ, “सत्तापक्षले आफ्ना विरोधीलाई दुश्मन ठान्दै प्रतिशोधको राजनीति गर्ने प्रवृत्ति बढाएको छ। यसरी प्रतिशोधका आधारमा भइरहेको गिरफ्तारी, दमन र गतिविधिले मुलुकलाई अस्थिरता र विखण्डनतर्फ धकेल्ने खतरा बढेको छ।”

कांग्रेसले हालै भएको केही घटनालाई सरकारको राजनीतिक दुर्भावनाको परिणाम भन्दै कडा आपत्ति जनाएको छ। विधि र संवैधानिक प्रक्रियाअनुसार अघि बढ्नुको साटो सरकारले कानुनको शासनको अपमान गर्दै स्वतन्त्र न्यायालयसमेतलाई दबाबमा पार्ने प्रयास गरेको आरोप लगाइएको छ।

मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा सरकारले राष्ट्रका प्रमुख संवैधानिक निकायहरूलाई निष्प्रभावी बनाउन खोजेको, राज्य संयन्त्रको प्रयोग गरेर विपक्षीलाई कमजोर बनाउन लागिपरेको र नागरिकको अधिकारमाथि अतिक्रमण गर्न उद्यत भएको दाबी गरिएको छ।

नेपाली कांग्रेसले नागरिक समाज, बुद्धिजीवी, सञ्चारमाध्यम र लोकतन्त्रप्रेमी सबैलाई यो अवस्थाबिरुद्ध सचेत रहन आह्वान गरेको छ। पार्टीले दण्डहीनता अन्त्य गर्न र लोकतान्त्रिक मूल्यहरूको रक्षा गर्न सरकारलाई सचेत गराउँदै लोकतन्त्रविरुद्धका कदमलाई जनतासामु उघार्ने प्रतिबद्धता प्रकट गरेको छ।

 

प्रकाशित मिति : १५ आश्विन २०८२, बुधबार  ८ : ३६ बजे

‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन

काठमाडौँ । ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन गरिएको छ

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल