काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले यस वर्षको विजयादशमीमा टीका नलगाई जेनजी आन्दोलनमा मृत्यु भएकाहरूको परिवारलाई भेट्न पुगेकी छन् ।
जेनजी युवाहरुले ज्यान गुमाएको शोकमा दसैंको टीका नलाउने र सर्वसाधारणलाई पनि नलगाईदिने घोषणा गरेकी प्रधानमन्त्री कार्कीले आज आन्दोलनमा मृत्यु भएका तीन जनाको परिवारलाई भेट गरेकी छन् ।
जसअनुसार कार्कीले सुरुमा बागलुङ घर भई काठमाडौँको वनस्थली बस्दै आएका मृतक सौरन किशोर श्रेष्ठको परिवारलाई भेटेकी छन् ।
त्यस्तै नागर्जुन(३ की मृतक कान्छी नगरकोटीको परिवार र कीर्तिपुरस्थित मैत्रीनगरमा मृतक बुद्धिबहादुर तामाङको परिवारलाई भेट्न पुगेकी उनको सचिवालयले जनाएको छ । प्रधानमन्त्री कार्कीसँग सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल पनि शहीद परिवारलाई भेट्न पुगेका थिए ।


















प्रतिक्रिया