२० मंसिर २०८२, शनिबार | December 7, 2025

सरकारमा हुनेहरूको विवेकहीनता कारण जेन-जी पुस्ताको ज्यान गयो : प्रधानमन्त्री कार्की



काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले सरकारको जिम्मेवारी सम्हालेकाहरूमा विवेकको कमी हुँदा जेन–जी पुस्ताका युवाले ज्यान गुमाउनु परेको टिप्पणी गरेकी छन्।

विजया दशमीको अवसरमा जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका सहिद परिवारसँग भेटघाट गर्दै उनले यस्तो धारणा राखेकी हुन्। प्रधानमन्त्री कार्कीले यस्तो दुर्घटना हुनै नपर्ने घटना भएको बताउँदै मृतक परिवारलाई सहयोग गर्ने विषयमा सरकार गम्भीर रहेको स्पष्ट पारिन्।

“यो दुःखद घटना हो। सरकारमा हुनेहरूको बुद्धि नपुगेका कारण यस्तो दुर्घटना भयो। उहाँहरूले खासै धेरै माग गर्नुभएको छैन। तर, बच्चाहरूको पढाइ, भविष्य र काममा सहयोग पुगोस् भन्ने सोच सरकारको छ। मृतक फर्केर आउँदैनन्, तर राज्यले उठ्नलाई सहयोग गर्नैपर्छ,” कार्कीले भनिन्।

गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा ७६ जनाले ज्यान गुमाएका थिए भने सयौं घाइते भएका थिए।

प्रधानमन्त्री कार्कीले बागलुङ घर भई काठमाडौंको वनस्थलीमा पुगेर सहिद सौरन किशोर श्रेष्ठको परिवारसँग भेटघाट गरेकी हुन् । त्यसअघि प्रधानमन्त्रीले नागार्जुन–३ पुगेर सहिद कान्छी नगरकोटीका परिवार र कीर्तिपुरस्थित मैत्रीनगर पुगेर सहिद बुद्धिबहादुर तामाङको परिवारसँग भेट गरेकी थिइन ।

प्रधानमन्त्री कार्कीसँगै शहीद परिवारलाई भेट्न पुगेका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले प्रधानमन्त्रीको चाहनाअनुसार आफुले पनि दशैंको टीका नलगाएर शहीद परिवारसँग समय बिताएको बताए । उनले शहीदहरुको बगाएको रगतमाथि अन्याय हुन नदिने प्रतिबद्धता समेत जनाए ।

गत भदौ २३ र २४ गते काठमाडौंमा भएको जेनजी युवा आन्दोलनका क्रममा ७६ जनाको ज्यान गएको थियो । साथै सयौँ मानिस घाइते भएका थिए । ३८ बढी घाइतेहरुको अहिलेपनि काठमाडौंका बिभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : १६ आश्विन २०८२, बिहिबार  ७ : १३ बजे

‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन

काठमाडौँ । ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन गरिएको छ

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल