२२ आश्विन २०८३, बिहिबार | October 8, 2026

आन्तरिक हवाई उडानको भाडादर सार्वजनिक

नागरिकलाई अति आवश्यक भएका बेला अधिकतम भाडा दर मात्र असुल्छन् हवाई कम्पनी



काठमाडौं । निजी हवाई कम्पनीहरुले बढी मूल्यमा हवाई भाडा असुल गरेको गुनासो आएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको हवाई भाडादर सार्वजनिक गरेको छ ।

दशैं, तिहार तथा छठको समयमा हवाई टिकटको अत्यधिक माग हुने भएको र अत्याधिक मागको फाईदा उठाउँदै महँगो भाडादरमा समेत टिकट बिक्री हुन सक्ने सम्भावनालाई न्यूनीकरण गर्न भन्दै प्राधिकरणले आन्तरिक गन्तव्यमा अधिकतम भाडादर सार्वजनिक गरेको हो ।

नेपाल सरकारबाट स्वीकृत तोकिएको अधिकतम भाडादरभन्दा बढी रकम यात्रुहरुबाट नलिन पनि प्राधिकरणले वायु सेवा कम्पनी र सरोकारवालाई निर्देशन दिइसकेको जनाएको छ । वायु सेवा कम्पनीहरुले भने टिकटको न्युन माग भएका बेला न्युनतम भाडामा टिकट बेच्नेगरे पनि माग बढेसँगै अधिकतम भाडा दर मात्र लागु गर्ने गरेका छन् । टिकटको माग कम भएका बेला बिभिन्न ‘फेयर’को नाममा सस्तो टिकट बेच्ने गरेका कम्पनीहरुले दशैं तिहारको सिजन सुरुभएसँगै अधिकतम भाडा मात्र असुल्ने गरेका छन् ।

यदि तोकिएको भन्दा बढी भाडा लिएमा कारबाही गर्ने चेतावनी प्राधिकरणले दिएको भएपनि न्युनतम भाडा वा सहुलियत दरमा टिकट बेच्ने बिषयमा भने प्राधिकरण मौन बसेको छ ।

प्राधिकरणले सार्वजनिक गरेको सूचीअनुसार सबैभन्दा धेरै भाडा काठमाडौं–धनगढीको १७ हजार ५७९ रुपैयाँ र सबैभन्दा कम भाडा काठमाडौं–सिमराको ३ हजार ९७८ रुपैयाँ छ ।

प्राधिकरणले सार्वजनिक गरेको अधिकतम हवाई भाडादर यस्तो छ–

प्रकाशित मिति : १७ आश्विन २०८२, शुक्रबार  १० : ३६ बजे

‘अनलाइन’बाट बिजुलीको बिल तिर्ने ग्राहकलाई अब विशेष सुविधा

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले बिजुलीको बिल ‘अनलाइन’बाट तिर्ने ग्राहकलाई

११ दिनमै मर्मतपछि राहुघाटबाट विद्युत उत्पादन पुनः सुरु

काठमाडौं। असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीले क्षति पुर्याएको

प्रधानमन्त्रीको चासोपछि वायुसेवा कम्पनी भाडादर घटाउन तयार

काठमाडौं । आन्तरिक वायुसेवा कम्पनीहरू स्वीकृत भाडादरभन्दा सस्तोमा टिकट बिक्री

खजुरा क्यान्सर अस्पताल विकास समितिका नवनियुक्त अध्यक्ष र सदस्यहरुबाट पदभार ग्रहण

खजुरा । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा

कांग्रेस महाधिवेशनमा आज मतदान नहुने, भोलि बिहान ७ बजेदेखि गर्ने तयारी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका