२ आश्विन २०८३, शुक्रबार | September 19, 2026

प्रधानमन्त्रीको सचिवालयले भन्यो : बाढी, पहिरो र डुबानबाट बच्न विशेष सावधानी अपनाउनु



काठमाडौं। आगामी केही दिन देशका विभिन्न भागमा लगातारको वर्षाका कारण बाढी, पहिरो र डुबानको उच्च जोखिम रहेको भन्दै प्रधानमन्त्रीको स्वकीय सचिवालयले सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

जल तथा मौसम विज्ञान विभागले असोज १७ देखि २० गतेसम्म कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मनसुन सक्रिय हुने, साथै कतिपय स्थानमा भारीदेखि अति भारी वर्षा हुने अनुमान गरेको छ । यसले गर्दा नारायणी, बागमती, कोशी तथा अन्य नदीका जलस्तर आकस्मिक रुपमा बढ्ने देखिएकाले बाढी, डुबान र पहिरोको सम्भावना उच्च रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विशेष गरी बागमती प्रदेशका महाभारत क्षेत्र, काठमाडौं उपत्यका, काभ्रे, सिन्धुपाल्चोक, र मकवानपुर, साथै प्रदेश १ का भोजपुर, धनकुटा, पाँचथर, इलाम, झापा, मोरङ, ताप्लेजुङ र उदयपुर, लुम्बिनी प्रदेशका नवलपरासी, रुपन्देही, पाल्पा लगायतका जिल्लामा जोखिम देखिएको सचिवालयले जनाएको छ । त्यस्तै, मधेस प्रदेशका बारा, पर्सा, रौतहट, सर्लाही र आसपासका जिल्लामा समेत आकस्मिक रुपमा नदीको जलस्तर बढ्न सक्ने चेतावनी दिइएको छ ।

विपद् सम्भावनाका कारण गर्भवती, वृद्धवृद्धा, बालबालिका तथा अशक्त व्यक्तिहरूलाई सुरक्षित स्थानमा सार्न तयारी गर्न, आवश्यक परे स्थानीय प्रशासन वा विपद् व्यवस्थापन समितिले दिएको निर्देशन पालना गर्न र जोखिमयुक्त स्थानतर्फको यात्रा नगर्न विज्ञप्तिमा अनुरोध गरिएको छ ।

यसैगरी, विपद् पूर्वतयारी र प्रतिकार्यका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, प्रदेश तथा स्थानीय तहका विपद् व्यवस्थापन समितिहरू, सुरक्षा निकाय, स्वयंसेवक, सञ्चार माध्यम, तथा आपत्कालीन कार्यमा संलग्न सबै निकायलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

प्रधानमन्त्रीको सचिवालयले बाढी, पहिरो वा डुबानबाट हुन सक्ने मानवीय तथा भौतिक क्षति न्यूनिकरणका लागि समयमै आवश्यक पूर्वतयारी, प्रतिकार्य र उद्धारका लागि सक्रिय रहन सम्बन्धित निकायलाई विशेष ध्यान दिन समेत आग्रह गरेको छ ।

प्रकाशित मिति : १७ आश्विन २०८२, शुक्रबार  ७ : ३८ बजे

कांग्रेसको वडा अधिवेशनमा सहभागी हुन आग्रह

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले यही असोज ३

प्रधानमन्त्रीका सल्लाहकारको नाम तथा पदको दुरुपयोग गरी ठग्ने चौलागाईँ र शिवाकोटी पक्राउ

काठमाडौँ । प्रधानमन्त्रीको प्रमुख सल्लाहकारको नाम तथा पदको दुरुपयोग गरी

बाढीको कटानले मुग्लिनदेखि गल्छीसम्मको सडकमा क्षति

चितवन । भोटेकोशी बाढीले त्रिशूली नदी किनारको पृथ्वी राजमार्गमा ठाउँ–ठाउँमा

संविधान जारीको ११ वर्ष : सीमान्तकृत समुदायमा छाएको आशा

नेपालगन्ज । नयाँ संविधान जारी भएको एक दशक बित्दा बाँकेका

अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता

नयाँदिल्ली । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेश मन्त्री