३ पुस २०८२, बिहिबार | December 18, 2025

२४ घण्टामा १ हजार २ सय ४६ जना कोरोना संक्रमित थपिए



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २ सय ४६ जनामा कोरोना संक्रमण भएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार २४६ जनामा संक्रमण देखिएको हो ।

आज थपिएका संक्रमितसँगै देशभर कुल संक्रमितको संख्या ५९ हजार नाघेको छ । आजसम्म ५९ हजार ५ सय ७३ जनामा संक्रमण पुष्टि भएको छ ।

संक्रमण पुष्टि भएकामध्ये १६ हजार २ सय ४१ सक्रिय संक्रमित रहेका छन् । संस्थागत आइसोलेसनमा ८ हजार ५ सय ४१ जना छन् भने ७ हजार ७ सय १ जना होम आइसोलेसनमा रहेका छन् ।

पछिल्लो २४ घण्टाको अवधिमा १ हजार २ सय ४३ जना संक्रमित निको भएर घर फर्किएका छन् । अहिलेसम्म निको हुनेको संख्या ४२ हजार ९ सय ४९ पुगेको मन्त्रालयको तथ्यांक छ ।

पछिल्लो २४ घण्टामा १० हजार ६ सय ४१ जनाको पीसीआर परीक्षण गरिएको र अहिलेसम्म ८ लाख ८२ हजार ९ सय ५१ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयको तथ्यांक रहेको छ । देशभर ७ हजार ८ सय ८३ जना क्वारेन्टाइनमा छन् ।

प्रकाशित मिति : १ आश्विन २०७७, बिहिबार  ४ : ३३ बजे

मधेशका मुख्यमन्त्री यादवले शुक्रबार विश्वासको मत लिने, सभामुखको निर्वाचन पुस ६मा

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत

बागमती प्रदेश सरकारद्वारा पाँच महिनामा १६ अर्ब ११ करोड राजस्व सङ्कलन

बागमती । चालु आर्थिक वर्षको पाँच महिनामा बागमती प्रदेश सरकारले

एमाले महाधिवेशन : मतगणना सुरु

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनको

झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । प्रहरीले झुटो विवरण पेस गरी नागरिकता, राष्ट्रिय परिचयपत्र

रवि र छविको मुद्दामा आज पेसी

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालिन