१४ चैत्र २०८२, शनिबार | March 28, 2026

बाँकेका बिभिन्न क्षेत्रमा निषेधाज्ञा



नेपालगन्ज । बाँके प्रशासनले जिल्लाका बिभिन्न स्थानहरुमा निषेधाज्ञा जारी गरेको छ । नवरात्रमा राखिएको देबीका मूर्ति बिसर्जनका क्रममा दुई समुहबीच भएको झडप नरोकिएको भन्दै प्रशासनले आज साँझ ७ बजेबाट अर्को सूचना जारी नभएसम्मका लागि निषेधाज्ञा जारी गरेको हो ।

प्रशासनले जारी गरेको निषेधित क्षेत्रमा डुडुवा गाउँपालिका वडा नम्बर ६ को सम्पूर्ण क्षेत्र, नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १४ को सम्पूर्ण क्षेत्र, नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १५ को सुइया पिप्रहवा, नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २३ को भजिपुरवा, जंगलिपुरवा, लोहरनपुरवा तथा नरैनापुर गाउँपालिकाको वडा नम्बर ५ को सम्पूर्ण क्षेत्र रहेका छन् ।

साँझ ७ बजे देखि अर्को आदेश वा व्यवस्था नभए सम्मको लागि कुनै पनि प्रकारको भेला, जुलुस प्रदर्शन, सभा सम्मेलन एवं ५ (पाँच) जना भन्दा बढी व्यक्ति भेला जम्मा हुन नदिन स्थानीय प्रशासन ऐन, २०२८ (संशोधन सहित) को दफा ६ को उपदफा १ (क) र ३(क) वमोजिम निषेधित क्षेत्र घोषणा गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले जारी गरेको निषेधाज्ञामा उल्लेख गरिएको छ ।

आदेश बमोजिम निषेधित क्षेत्र घोषणा गरिएको क्षेत्र भित्र विना पुर्व स्वीकृती पांच जना भन्दा बढी व्यक्ति आवतजावत बा भेला भएमा वा निषेधित कार्यहरु गरेमा सुरक्षाको निम्ति खटिए‌को सुरक्षकमीले नियन्त्रणमा लिई कानून बमोजिम कारवाही गर्न सक्ने सूचनामा जनाइएको छ ।

हिन्दु धर्मावलम्बीहरुको महान चाड विजयादशमीको पावन अवसरमा यस जिल्लाका विभिन्न स्थानमा स्थापना गरिएका दुर्गामाताको मूर्तिहरू विसर्जन गर्ने क्रममा जिल्लाका विभिन्न स्थानमा हिन्दु धर्मावलम्बी र मुस्लिम धर्मावलम्बी समुदायका समूहहरु बीच झै(झगडा भै झडप समेत भएको सूचनामा उल्लेख छ । प्रमुख जिल्ला अधिकारी जोशीले जारी गरेको सूचनामा आज दिउँसो करीव १२ बजेपछि डुडुवा गाउँपालिका बड़ा नं. ६ हिरमिनियामा केही घुम्ती पसल लगायतमा आगजनी भए‌को एउटा पुरानो मोटरसाइकलमा आगजनी भएको, सोही गाउँपालिकाको सोही बडाको सुब्बापुरवा भन्ने स्थानमा दुइ सम्प्रदायबीच आपसी झडप भैरहेको अवस्था देखिएको पनि जनाइएको छ ।

यस परिस्थितिबाट सृजित सुरक्षा चुनौतीलाई मध्यनजर राखी आपराधिक मनसायले भेला जम्मा हुने, धार्मिक(सामाजिक सद्भावमा खलल पारी हुलदंगा तथा अशान्ति फैलिन सक्ने अवस्था देखिएको हुँदा उक्त परिस्थितिलाई नियन्त्रणमा लिन र शान्ति सुव्यवस्थाको अबस्था मजबुत बनाई राख्न ती स्थानहरुमा निषेधाज्ञा जारी भएको सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : १८ आश्विन २०८२, शनिबार  ९ : ०५ बजे

प्रधानमन्त्रीलाई शुभकामना दिँदै नेकपाले भन्यो – राजनीतिक पूर्वाग्रह गर्ने काम नहोस

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने

ओली पक्राउको विरोधमा उत्रेका सात प्रदर्शनकारी पक्राउ

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी

वीरगञ्ज नाका हुँदै दुई हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालय हुँदै करिब डेढ महिनाको अवधिमा

जनताले अनुभूति गर्नेगरी काम गर्न कर्मचारीलाई सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा विक्रम तिमिल्सिनाले जनताले

प्रधानमन्त्रीद्वारा भारत र पाकिस्तानका नेताहरुप्रति कृतज्ञता व्यक्त, सहकार्यको प्रतिबद्धता

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले भारतका प्रधानमन्त्री तथा पाकिस्तान राष्ट्रपति