२२ भदौ २०८३, सोमबार | September 7, 2026

व्यापार व्यवसाय संचालन गर्न पाउने गरि बाँकेमा थपियो १ साता निषेधाज्ञा



नेपालगन्ज । बाँके प्रशासनले उद्योग कल कारखाना र तोकिएका व्यवसाय संचालन गर्न पाउने गरि १ साताका लागि निषेधाज्ञा थप गरेको छ । आज राती १२ बजेबाट असार १४ गते राती १२ बजे सम्मका लागि निषेधाज्ञा थप गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।

प्रशासनले आज जारी गरेको आदेशमा कोरोना संक्रमणको प्रभावमा केही कमी आएपनि पूर्णरुपमा नियन्त्रण भईनसकेका कारण एक हप्ताका लागि निषेधाज्ञा थप गरिएको उल्लेख गरिएको छ । आदेशमा अत्यावश्यक सामग्रीका पसलहरु सहित अन्य व्यवसाय संचालको समयलाई बढाएर बिहान ९ बजेबाट ४ बजे समम संचालन गर्न पाईने, रेष्टुरेन्टहरुले होम डेलिभरी सेवा संचालन गर्न पाउने, बैंक तथा बित्तीय संस्थाहरुले स्वास्थ्य सतर्कता अपनाएर संचालन गर्न पाईने व्यवस्था मिलाईएको छ ।

यसपटक थप गरिएको निषेधाज्ञामा पनि सार्वजानिक सवारी साधन, पार्टी प्यालेश, जिम, स्विमिङ पुल, खेल मैदान जस्ता स्थानहरुलाई पूर्ववत निषेध गरिएको छ । तोकिएको बाहेकको गतिबिधि भएको अवस्थामा कोभिड-१९ संकट व्यवस्थापन अध्यादेश २०७८ बमोजिम ब्यक्तिको हकमा १ लाख र संस्थाका हकमा ५ लाख जरिवाना हुने आदेशमा उल्लेख छ ।

प्रकाशित मिति : ७ असार २०७८, सोमबार  ११ : ४३ बजे

खजुराको प्रशंसनीय कामः बाँझो जमिन आम्दानीको स्रोत

नेपालगञ्ज । खजुरा गाँउपालिकाले प्रशंसनीय काम गरेको छ । खेर

राष्ट्रपति रामचन्द्र पौडेलले गरे बाढी प्रभावित क्षेत्रको निरीक्षण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बाढीबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रको

पीडितले सरकारको अभाव महसुस गर्न नपरोस्ः सभामुख अर्याल

धादिङ ।  सभामुख डोलप्रसाद अर्यालले प्राकृतिक विपद्बाट प्रभावित कुनै पनि

नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव

काठमाडौ । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२र८३ को वितरणयोग्य

भोटेकोशी बाढीपीडित व्यवसायिक लागि पुनरुत्थान प्याकेजः करमा पूर्ण छुटदेखि सहुलियतपूर्ण कर्जासम्म

काठमाडौ । सरकारले भोटेकोशी बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यवसाय तथा