१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

सार्वजनिक यातायातलाई खुल्ला गर्दै बाँकेमा थपियो एक हप्ता निषेधाज्ञा



नेपालगन्ज । बाँकेमा जारी निषेधाज्ञालाई खुकुलो बनाउँदै थप एक हप्ता निषेधाज्ञाको अवधि थपिएको छ । बैशाख ८ गतेबो नेपालगन्ज र बैशाख १३ गतेदेखि बाँकेभरी लागू गरीएको लकडाउनको समय पुनः एक हप्ता थप गरि बैशाख २१ सम्म पुर्याइएको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जारी गरेको निषेधाज्ञा आदेशमा अन्य सबै मापदण्डहरु यथास्थितीमा राखी जिल्लाभित्र संचालित सार्वजनिक यातायातका सवारीसाधनमा जोर–विजोर प्रणाली लागू गरिएको छ ।

निषेधाज्ञाका सबै आदेशहरु पुरानै कायम रहने गरि सार्वजानिक यातायातमा जोर गते जोर नम्बर र बिजोर गते बिजोर नम्बरका सवारी साधन सञ्चालन गर्न पाउने गरि निषेधाज्ञा थप भएको बाँकेका प्रमुख जिल्ला अधिकारी गेलालले बताए ।

प्रशासनबाट जारी आदेशमा कोरोना संक्रमणको दर केही घटेपनि पूर्णरुपमा नियन्त्रण भईनसकेका कारण निषेधाज्ञाको अवधि थप गर्नु परेको उल्लेख गरिएको छ ।

प्रकाशित मिति : १४ असार २०७८, सोमबार  ९ : ५० बजे

कपनबाट पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं । नेपाल प्रहरीले कपन क्षेत्रबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको

भारतमा ट्याक्सी दुर्घटना हुँदा दशको मृत्यु

भारत । भारतको जम्मु र श्रीनगर राष्ट्रिय राजमार्गमा पर्ने गहिरो

राष्ट्रपति पौडेलद्वारा अनुगमन तथा मुल्यांकन विधेयक प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अनुगमन तथा मुल्यांकन गर्न बनेको

आयरल्याण्ड वोल्भ्सले नेपाल ‘ए’ लाई दियो २२३ रनको लक्ष्य

काठमाडौं । आयरल्याण्ड वोल्भ्सले नेपाल ‘ए’ लाई २२३ रनको लक्ष्य

आगामी नीति तथा कार्यक्रम र बजेट जनमुखी हुन्छ : प्रधानमन्त्री प्रचण्ड

हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति