१३ असार २०८३, शनिबार | June 27, 2026

वर्षाका बाबजुद नवदुर्गाको प्रसाद स्वरुप टीका र जमरा लगाउने क्रम जारी



काठमाडौं । शुक्रबार साँझदेखिको वर्षाका बाबजुद मान्यजनबाट नवदुर्गाको प्रसाद ग्रहण गर्ने क्रम जारी छ । विजयादशमीका दिनदेखि सुरु भएको नवदुर्गाको प्रसाद स्वरुप टीका र जमरा लगाउने क्रम कोजाग्रत पूर्णिमाका दिन अखिल बलि पूर्ति नभएसम्म जारी रहन्छ ।

यस वर्ष असोज २० गते सोमबार कोजाग्रत पूर्णिमा अखिल बलि पूर्ति परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । नेपालीले आश्विन शुक्ल प्रतिपदादेखि आश्विन शुक्ल पूर्णिमासम्मको १५ दिन बडा दसैँ पर्व भव्य रुपमा मनाउँछन् ।

आश्विन शुक्ल प्रतिपदाका दिन वैदिक विधिपूर्वक दसैँ घर वा पूजाकोठामा स्थापना गरिएको घडाको अभिषेकसहित टीका र जमरा लगाउने विजयादशमीका दिन बिहान देवी विसर्जन गरेपछि नै सुरु हुन्छ ।

नजिकको परिवारका सदस्य पनि काम विशेषले टाढा रहने भएकाले कोजाग्रत पूर्णिमाका दिनसम्म टीका लगाउन हिँड्नेहरु हुन्छन् । असत्यमाथि सत्यको विजयको प्रतीकका रुपमा विजया दशमी मनाउन सुरु गरिएको शास्त्रीय मान्यता छ ।

यस वर्ष भने विजयादशमीको भोलिपल्ट असोज १७ गते शुक्रबार बेलुकीदेखि निरन्तर वर्षा भइरहेकाले टाढाटाढाबाट मान्यजन कहाँ आशीर्वाद लिन जानेहरुको तालिका प्रभावित भएको छ । भारी वर्षाका कारण सरकारले आइतबार र सोमबार दुई दिनका लागि सार्वजनिक बिदा दिएको छ भने राजधानीबाट भित्रिने र बाहिरिने सवारी साधनमा रोक लगाएको छ ।

प्रकाशित मिति : १९ आश्विन २०८२, आइतबार  ७ : ०६ बजे

‘फोर्स जीप’ दुर्घटनामा आठ जना घाइते

रुकुम पश्चिम । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका-६ डाँगीमोडस्थित राप्ती राजमार्गमा

इराकमाथि ५-० को फराकिलो जित, सेनेगलको नकआउट सम्भावना जीवित

काठमाडौं । फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह ‘आई’ को

कारको ठक्करबाट दुई बालबालिकाको मृत्यु

तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका-२ मार्कीचोकमा कारको ठक्करबाट दुई

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

काठमाडौं । नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष

फिफा विश्वकप : नर्वेलाई हराउदै फ्रान्स समूह आइको विजेता

काठमाडौं । उसमान डेम्बेको ह्याट्रिकमा फ्रान्सले नर्वेलाई पराजित गर्दै फिफा